रसुवामा फेरि गुड्न थाले साना सवारी

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार १७:०१

रसुवा । बाढीपहिरोका कारण सडक सञ्जालबाट अलग भएको रसुवा सदरमुकाम धुन्चे फेरि सडकमार्गबाट जोडिएको छ । वैकल्पिक सडक सञ्चालनमा आएसँगै धुन्चेसम्म चार चक्के साना सवारीसाधन आवतजावत गर्न सक्ने भएका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड साना सवारीसाधन सञ्चालन हुने गरी खुलाइएको हो । यसअघि बाढीका कारण रसुवातर्फ जाने मुख्य सडकका विभिन्न पुल बगाउँदा जिल्लाको सडक सम्पर्क टुटेको थियो ।

Advertisement

मितेरी पुलदेखि रसुवाभित्र मात्रै १३ वटा पुल पूर्ण रूपमा बगेका थिए । त्यस्तै, नुवाकोट–रसुवा सीमामा रहेका दुईवटा पुलसमेत बाढीले बगाएको थियो । सडक सञ्चालनमा आएपछि रसुवाको सदरमुकामसम्म आवतजावत सहज हुनुका साथै स्थानीयको दैनिक जनजीवन सामान्य बनाउन सहयोग पुग्ने बताइएको छ ।

सडक खुलेसँगै बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्‍याउन पनि सहज हुने मन्त्रालयले जनाएको छ । हाल वैकल्पिक सडकमा चार चक्के साना सवारीसाधन मात्र सञ्चालन गर्न मिल्ने अवस्था रहेको छ ।

तपाइको प्रतिक्रिया
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
खोटाङमा ट्याक्टर दुर्घटना : बालकको मृत्यु, १९ जना घाइते
बाढीले जलविद्युत् आयोजना तहसनहस, ९३४ कामदार अझै सम्पर्कविहीन
भोटेकोशी बाढीपछि ज्यान गुमाउनेको संख्या साढे पाँच सय नाघ्यो
भोटेकोशी बाढीपछि विराटनगर घर भएकी इन्जिनियर ऋचा निरौला सम्पर्कविहीन
इलामको माईखोलामा एक्कासि लेदोसहितको बाढी आएपछि…
जटिल उद्धारमा आवश्यक परे अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिने सरकारको तयारी
बाढीले देश अस्तव्यस्त, सत्ताका जिम्मेवारहरू भने रात्रिभोजमा
भोटेकोशी बाढीपछि कोशी प्रदेशका १३८ जनाको अवस्था अज्ञात
रसुवामा फेरि गुड्न थाले साना सवारी
रोजगारीका लागि रसुवा पुगेका झापाका १२ जना सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×