बाढीले देश अस्तव्यस्त, सत्ताका जिम्मेवारहरू भने रात्रिभोजमा

Share this
802shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार १८:११

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीले जनजीवन प्रभावित भएर देश नै अस्तव्यस्त भएका बेला सरकारका जिम्मेवारहरुको तिविधिलाई लिएर प्रश्न उठेको छ ।

बाढीमा परेकाहरूको खोजी तथा उद्धारका लागि परिवारजन र आफन्तहरू व्यग्र भइरहेका समयमा मन्त्री तथा सत्तारूढ दलका नेताहरू विदेशी पाहुनासँग पाँचतारे होटलमा रात्रिभोजमा सहभागी भएको तस्बिर सार्वजनिक भएको हो । भारतीय लेखक तथा राजनीतिज्ञ शशि थरूर आफ्नो पुस्तक ‘म किन हिन्दू’ सार्वजनिक गर्न नेपाल आएका छन् ।

Advertisement

पुस्तक सार्वजनिक कार्यक्रमपछि थरूरले नेपालका उच्च राजनीतिक तथा सरकारी अधिकारीहरूसँग भेटघाट गरेका छन् । यसै क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेताहरूले थरूरसँग भेट गरेका हुन् । भेटघाटपछि रात्रिभोजमा सहभागी भएको विवरणसमेत सार्वजनिक भएको छ ।

थरूरले अर्थमन्त्री वाग्लेसँगको भेटलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै नेपालको आर्थिक अवस्था, चुनौती र सम्भावनाका बारेमा छलफल भएको उल्लेख गरेका छन् । उनले वाग्लेको पारिवारिक पृष्ठभूमिदेखि नयाँ पुस्ताका राजनीतिक नेतृत्वसम्मका विषयमा समेत टिप्पणी गरेका छन् ।

थरूरले रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटका बारेमा पनि सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति सुम्निमा उदाससँग पनि भेट भएको उनको भनाइ छ ।

तर, बाढीका कारण ठूलो संख्यामा मानिस प्रभावित भएको, केहीको शव फेला परेको, शव भेटिने क्रम जारी रहेको र अझै धेरै सम्पर्कविहीन रहेको अवस्थामा राज्यका उच्च जिम्मेवार व्यक्तिहरूको प्राथमिकतामाथि नै प्रश्न उठेको छ । राजनीतिक विश्लेषक देवराज दाहालले विपद्का बेला राज्यका जिम्मेवार व्यक्तिहरूले आफ्नो गतिविधि र प्राथमिकताप्रति थप संवेदनशील हुनुपर्ने बताए ।

उनका अनुसार संकटको समयमा उद्धार, राहत र पीडितको अवस्थालाई प्राथमिकतामा राख्नु सरकारको प्रमुख दायित्व हो । बाढी र त्यसबाट सिर्जित मानवीय संकटका बीच सार्वजनिक भएका तस्बिरहरुले सरकारको संवेदनशीलता र प्राथमिकताका बारेमा राजनीतिक तथा सामाजिक बहससमेत चर्काएको छ ।

तपाइको प्रतिक्रिया
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
खोटाङमा ट्याक्टर दुर्घटना : बालकको मृत्यु, १९ जना घाइते
बाढीले जलविद्युत् आयोजना तहसनहस, ९३४ कामदार अझै सम्पर्कविहीन
भोटेकोशी बाढीपछि ज्यान गुमाउनेको संख्या साढे पाँच सय नाघ्यो
भोटेकोशी बाढीपछि विराटनगर घर भएकी इन्जिनियर ऋचा निरौला सम्पर्कविहीन
इलामको माईखोलामा एक्कासि लेदोसहितको बाढी आएपछि…
जटिल उद्धारमा आवश्यक परे अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिने सरकारको तयारी
बाढीले देश अस्तव्यस्त, सत्ताका जिम्मेवारहरू भने रात्रिभोजमा
भोटेकोशी बाढीपछि कोशी प्रदेशका १३८ जनाको अवस्था अज्ञात
रसुवामा फेरि गुड्न थाले साना सवारी
रोजगारीका लागि रसुवा पुगेका झापाका १२ जना सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×