बाढीपहिरो: मृत्यु हुनेको संख्या ६१६, उद्धार २,३०१

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार १०:०८

काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६१६ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी चितवनमा २३३ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार नवलपरासी पूर्वमा १५८, गोरखामा ४८, नवलपरासी पश्चिममा ४७, धादिङमा ४५, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको छ।

Advertisement

बाढीपहिरोमा परेका २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये नुवाकोटबाट १ हजार ६२२, रसुवाबाट ६७६ र धादिङबाट तीन जना छन्।

यस्तै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० पुगेको छ।

उद्धार तथा राहत कार्यका लागि देशभर ४ हजार ८११ जना प्रहरी कर्मचारी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×