काठमाडौं-मुग्लिङ सडकमा यातायात सञ्चालन

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार १०:३०

काठमाडौं । तीन दिनदेखि अवरुद्ध काठमाडौं–मुग्लिङ सडकखण्डमा आज (शनिबार) बिहानदेखि यातायात सञ्चालनमा आएको छ ।

भोटेकोशीमा आएको बाढीका कारण चितवनको नारायणगढसम्मको सडक प्रभावित भएपछि भदौ १० गतेदेखि पृथ्वी राजमार्गमा यातायात सञ्चालन रोकिएको थियो ।

Advertisement

बाढीका कारण क्षतिग्रस्त सडकमा थुप्रिएको माटो, ढुंगा तथा अन्य अवरोध हटाएपछि हिजो रातिदेखि नै सडक यातायातका लागि खुला गरिएको हो । त्यससँगै आज बिहानदेखि काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकमा भने एकतर्फी यातायात सञ्चालन भइरहेको छ । उक्त क्षेत्रबाहेक राजमार्गका अन्य भागमा दुईतर्फी यातायात सञ्चालनमा कुनै समस्या नरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सुरुङमा फसेकाको उद्धारका लागि प्रयास तीव्र
अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेस नेता आङदेम्बेको माग
बाढीपछि संक्रमणको जोखिम, सतर्कता अपनाउन चिकित्सकको आग्रह
भोटेकोशी बाढीः पुनर्निर्माणमा करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान
विराटनगर इक्राहीको धान खेतमा नवजात शिशु फेला
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
बाढीमा बगेको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
विपत्तिको चौथो दिनः शव फेला पर्ने क्रमसँगै एकीकृत तथ्यांक संकलन जारी
चितवनमा भेटिएका २२९ शव डीएनए नमुना राखेर व्यवस्थापन गरिने
त्रिशूली सुरुङमा फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
‘ग्लोबल वार्मिङ’ गर्ने देशहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×