चितवनमा भेटिएका २२९ शव डीएनए नमुना राखेर व्यवस्थापन गरिने

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार ११:४१

चितवन । रसुवाको भोटेकोसी बाढीमा परी मृत्यु भई बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शव जमिनमुनि गाडिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले शवहरू दुर्गन्धित बन्दै गएपछि सङ्क्रमण फैलिन नदिन यस्तो निर्णय गरेको हो ।

नारायणी र त्रिशूली नदी किनारबाट सङ्कलित २३३ शवमध्ये चार वटाको मात्रै पहिचान भएको छ । बाँकी २२९ शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

Advertisement

नदी तट तथा होल्डिङ सेन्टरमा राखिएका शव र त्यसका अवशेषहरू सड्न थालेका छन्। तीमध्ये केही शव पहिचान नै गर्न नसकिने अवस्थामा पुगेका छन् । दुर्गन्धित बनेका शवका कारण महामारी फैलिन सक्ने स्वास्थ्य विज्ञहरूको रायका आधारमा सुरक्षा समितिले गाड्ने निर्णय गरेको प्रजिअ अर्यालले बताए ।

प्रशासनले आज (शनिबार) सूचना जारी गर्दै ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०८३’ बमोजिम सुरक्षित र कानुनी रूपमा जमिनमा व्यवस्थापन गरिने जनाएको छ ।

सबै शवको डिएनए नमुना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा अभिलेख राखिनेछ । त्यसपछि भरतपुर महानगरपालिका–१ देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापन गरिनेछ ।

प्रशासनले शोकको यस परिस्थितिमा निर्णयलाई सकारात्मक रूपमा लिइदिन आग्रह गर्दै पीडित परिवारलाई पर्न गएको असुविधाप्रति क्षमायाचना पनि गरेको छ ।

तपाइको प्रतिक्रिया
बेपत्ता आफन्तको खोजीमा सेनाको ब्यारेक पुगे परिवारजन
सुरुङमा फसेकाको उद्धार गर्न चीनले पठाउँदै विशेषज्ञ टोली
सुरुङमा फसेकाको उद्धारका लागि प्रयास तीव्र
अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेस नेता आङदेम्बेको माग
बाढीपछि संक्रमणको जोखिम, सतर्कता अपनाउन चिकित्सकको आग्रह
भोटेकोशी बाढीः पुनर्निर्माणमा करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान
विराटनगर इक्राहीको धान खेतमा नवजात शिशु फेला
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
बाढीमा बगेको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
विपत्तिको चौथो दिनः शव फेला पर्ने क्रमसँगै एकीकृत तथ्यांक संकलन जारी
चितवनमा भेटिएका २२९ शव डीएनए नमुना राखेर व्यवस्थापन गरिने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×