
काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाले त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनालाई उद्धार गरेको छ ।
आज (शनिबार) दिउँसोसम्म उद्धार गरिएकामध्ये ३८ चिनियाँ र पाँच भारतीयसहित ४३ जना विदेशी नागरिक छन् ।
सुरुङभित्र थप मानिस फसेको हुनसक्ने भन्दै संयुक्त उद्धार टोलीले ड्रिलिङ मेसिनलगायत उपकरण प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास गरिरहेको सेनाले जनाएको छ ।
प्रभावित रसुवा, नुवाकोट र धादिङमा सात हजारभन्दा बढी सैनिक खोज तथा उद्धार, उपचार र शव व्यवस्थापनमा खटिएका छन् ।

























