
विराटनगर । विराटनगरमा करेन्ट लागेर शनिबार राति एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ घर भई विराटनगर–१३ साल्ट ट्रेडिङस्थित सुरेन्द्र थापाको घरमा डेरा गरेर बस्दै आएका अन्दाजी ४५ वर्षीय मनोजकुमार राजवंशीको मृत्यु भएको हो ।
मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार कोठामा मुसाले काटेको वाइरिङको तार जोड्ने क्रममा राति ११ः३० बजेतिर राजवंशीलाई अचानक करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरे नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























