सडक भासिएपछि यातायात अवरुद्ध

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार ०९:२६

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्डमा यातायात सञ्चालन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लगातारको वर्षा र बाढीका कारण कृष्णभिरमा सडकको ठूलो हिस्सा भासिएपछि दुवैतर्फबाट सवारीसाधन सञ्चालन हुन नसकेको हो । सडकको जग नै खस्किएर भासिएकाले तत्काल यातायात सञ्चालन गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।

Advertisement

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार सडकको अवस्था गम्भीर रहेकाले मर्मत गरी यातायात सञ्चालनमा ल्याउन केही समय लाग्न सक्छ । सडक अवरुद्ध भएपछि काठमाडौंबाट बाहिरिने तथा मुग्लिङ हुँदै काठमाडौं भित्रिने सयौँ सवारीसाधन र हजारौँ यात्रु बाटोमै अलपत्र परेका छन् ।

लगातारको वर्षाका कारण त्रिशूली र नारायणी नदीमा समेत जलसतह बढेको छ । राजमार्गका विभिन्न स्थानमा पहिरो जाने क्रम जारी रहेकाले मुग्लिङ–काठमाडौं सडकखण्डको यात्रा जोखिमपूर्ण बनेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×