भोटेकोशी बाढीपछि सम्पर्कविहीन भोजपुरका चार जनाको अवस्था अज्ञात

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १०:२४

भोजपुर । भोटेकोशी बाढीपछि रोजगारीका सिलसिलामा रसुवा पुगेका भोजपुरका चारजना सम्पर्कविहीन भएका छन् । बाढीपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार टेम्केमैयुङ–९ का ३१ वर्षीय प्रभाकर दङ्गाल, भोजपुर नगरपालिका–७ का ५९ वर्षीय गोविन्द राई, षडानन्द–९ का ४७ वर्षीय निमा लाक्पा शेर्पा र पौवादुङमा–५ का ६६ वर्षीय गोपी राई सम्पर्कविहीन छन् ।

Advertisement

दङ्गाल रसुवाको मैलुङस्थित सैनिक पोस्टमा कार्यरत थिए भने राई र शेर्पा दुसन हाइड्रोपावर कम्पनी तथा गोपी राई तुनवी कन्स्ट्रक्सनमा कार्यरत थिए । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×