अमेरिकाद्वारा बाढीपीडितलाई ३६ लाख डलरभन्दा बढी सहायता घोषणा

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १०:३३

काठमाडौं । अमेरिकाले नेपालका बाढी प्रभावित नागरिकका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल एक्समार्फत नेपालमा आएको विपद्का बेला अमेरिकी सरकार नेपाली जनताको साथमा रहेको जनाएको हो ।

Advertisement

घोषित सहायता बाढी प्रभावित १० हजार घरपरिवारलाई लक्षित हुनेछ । उनीहरूलाई तीन महिनासम्म आपत्कालीन खाद्यान्न उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

यसैबीच, नेपालमा रहेका अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता रहेको पनि अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×