विराटनगरबाट ‘सेतो धरती’ टिमद्वारा बाढीपीडितका लागि १ लाख १ हजार

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार ११:०५

विराटनगर । विराटनगरमा मञ्चन भइरहेको ‘सेतो धरती’नाटकको टिमले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ ।

कान्तिपुर थिएटर र ‘सेतो धरती’ नाटक समूहका तर्फबाट लेखक अमर न्यौपानेसहितको टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

Advertisement

देश विपद्को अवस्थामा रहेका बेला नाटक मञ्चन गर्नुपरे पनि आफूहरूले सिर्जनाका माध्यमबाट शोकमा रहेका परिवार तथा प्रभावित नागरिकलाई साथ दिने उद्देश्यले सहयोग गरेको समूहले जनाएको छ ।

‘सेतो धरती’ नाटक विराटनगरमा भदौ १२, १३ र १४ गते मञ्चन भइरहेको छ । यसका लागि नाटकका कलाकार, संगीतकर्मी, सेट निर्माण तथा प्रकाश व्यवस्थापनमा संलग्न प्राविधिक, निर्देशक र आयोजक टोलीले विराटनगरमै छ ।

विपद्का कारण देश शोकमा रहे पनि नाटकको सम्पूर्ण तयारी पूरा भइसकेकाले पूर्वनिर्धारित कार्यक्रमअनुसार मञ्चन गरिएको समूहले जनाएको छ । नाटक हेर्न आउने दर्शकको सहभागितासमेत विपद्मा परेका नागरिकको सहयोगमा जोडिने भएकाले मनोरञ्जनसँगै मानवीय सहयोगको अवसरका रूपमा नाटकमा सहभागी हुन समूहले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा भव्य श्रीकृष्ण जन्माष्टमी महोत्सव हुँदै, बाढीपहिरो प्रभावितका लागि विशेष प्रार्थना गरिने
अमेरिकामा सांगीतिक कार्यक्रम गरी बाढीपीडितका लागि २१ लाख सहयोग
सारडा ग्रुपको विपद् सहयोग : नगददेखि सिमेन्टसम्म
बाढीपहिरो प्रभावितका लागि कांग्रेस सांसदले आधा महिनाको तलब दिने
बाढी प्रभावितका लागि अष्ट्रेलियाले थप ३० लाख डलर सहायता दिने
सुरुङमा कोही भेटिएनन्
विपद् प्रभावितका लागि सिक्किमले पठायो राहत
जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोज तथा उद्धार तीव्र
पहिरोले दुई महिना थुनिएको मेची राजमार्गमा गुड्न थाले साना सवारी
सन्दीपको पाँच विकेटमा बहराइन ढल्यो, प्रिमियर कपमा नेपालले गर्‍यो शानदार सुरुवात
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×