बाढीमा परेका इलामका युवकसहित ३ जनाको शव आफन्तले बुझे

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १४:२२

विराटनगर । गोरखाको त्रिशूली नदी किनारमा भेटिएका तीनवटा शव आफन्तले बुझेका छन् । तीमध्ये इलामका दीपक भन्ने दिवानन्द सुवेदी, गोरखाका यमबहादुर थापा र पाल्पाका प्रहरी हवल्दार दीपेन्द्र विष्ट रहेका छन् ।

इलामको सन्दकपुर गाउँपालिका–३ तुलुवुङ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङ बस्दै आएका सुवेदीको शव आफन्तले बुझेका हुन् । यस्तै, गोरखाको पालुङटार नगरपालिका–६ का यमबहादुर थापा र पाल्पाको तानसेन नगरपालिका–१० का प्रहरी हवल्दार दीपेन्द्र विष्टको शव पनि आफन्तले बुझेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार त्रिशूली नदी किनारमा भेटिएका पहिचान हुन सक्ने ११ वटा शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको थियो । तीमध्ये पहिचान खुलेका शव आफन्तलाई बुझाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×