इलाममा धेरै वर्षा

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १४:३४

विराटनगर । पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा इलाममा भएको छ । इलामको माइपोखरी स्टेसनमा ३८.४ मिलिमिटर वर्षा भएको हो ।

हाल कोशी, मधेश, लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । ती तथा आसपासका क्षेत्रहरूमा थप वर्षाको सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । आइतबार दिउँसो १ बजेसम्मा भने इलामको माइपोखरीमा वर्षा धेरै भएको हो ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×