दुई दशक बित्दा पनि संक्रमणकालीन न्याय अधुरै, टुंग्याउन द्वन्द्वपीडितको माग

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १५:२०

काठमाडौं । बलपूर्वक बेपत्ता पार्ने कार्यविरुद्धको अन्तर्राष्ट्रिय दिवस (अगस्ट ३०) को सन्दर्भमा द्वन्द्वपीडित समुदाय र नागरिक समाजले संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंग्याउन नेपाल सरकारसँग माग गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विस्तृत शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा पनि द्वन्द्वपीडितले सत्य, न्याय र परिपूरण पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Advertisement

विज्ञप्तिमा सन् १९९६ देखि २००६ सम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लंघनका पीडितको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्न माग गरिएको छ । हजारौँ परिवार अझै आफ्ना बेपत्ता प्रियजनको अवस्थाबारे अनिश्चितता र अन्योलमा बाँच्न बाध्य रहेको भन्दै त्यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनीहरूको भनाइ छ ।

नयाँ सरकारसँग दुई दशकदेखि कायम राजनीतिक हस्तक्षेप र दण्डहीनताको चक्र तोड्ने अवसर रहेको उल्लेख गर्दै पीडित पक्षले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न माग गरेका छन् ।

आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया पारदर्शी, योग्यतामा आधारित र पीडितको विश्वास जित्न सक्ने हुनुपर्नेमा उनीहरूले जोड दिएका छन् । साथै, पदाधिकारी छनोटमा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै आयोगलाई पर्याप्त स्रोतसाधन र स्वतन्त्रता दिनुपर्ने माग गरिएको छ ।

द्वन्द्वपीडितले बलपूर्वक बेपत्ता पार्ने कार्य, यातना, बलात्कार र गैरकानुनी हत्याजस्ता गम्भीर अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याई निष्पक्ष सुनुवाइमार्फत अभियोजन गर्न पनि माग गरेका छन् । अन्तर्राष्ट्रिय कानुनविपरीतका गम्भीर अपराधमा कसैलाई उन्मुक्ति दिन नहुने उनीहरूको अडान छ ।

यस्तै, अनुसन्धान पूरा नभएसम्म पीडितलाई अन्तरिम राहत र पुनःस्थापनाको व्यवस्था गर्न, द्वन्द्वकालीन प्रमाण सुरक्षित राख्न तथा संयुक्त राष्ट्रसंघको बलपूर्वक बेपत्ता पार्ने कार्यविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गर्न सरकारलाई आग्रह गरिएको छ ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी तथा संस्थागत सुधार गर्नुपर्नेमा पनि विज्ञप्तिमा जोड दिइएको छ । स्थानीय तथा राष्ट्रियस्तरमा स्मारक निर्माण र स्मृति दिवस मनाउने कार्यमा राज्यले सहयोग गर्नुपर्ने तथा सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगका निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।

संक्रमणकालीन न्याय प्रक्रियालाई समयबद्ध र परिणाममुखी बनाउन सरकारले स्पष्ट कार्ययोजनासहित अघि बढ्नुपर्ने द्वन्द्वपीडित तथा नागरिक समाजको माग छ ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढीमा ज्यान गुमाउनेको संख्या आठ सय नजिक
बाढी प्रभावितका लागि युएईद्वारा १० मिलियन डलर सहयोगको तयारी
सरकारलाई सुझाव दिँदा कोशीका सचिवको रसुवामा काज, बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मा
सप्तकोशीमा निरन्तर बढ्दैछ बहाव, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
विपत्तिको शोकमा पूर्वी पहाडी जिल्लामा रोपाइँ जात्रा स्थगित
विपत्तिको शोकमा पूर्वी पहाडी जिल्लामा रोपाइँ जात्रा स्थगित
पूर्वाधारमा बेथिति रोक्न जनताकै साथ खोज्दै कोशी सरकार, मन्त्री जीवन आचार्यले मागे सुझाव
सप्तकोशीमा बढ्दैछ बहाव, सतर्कता अपनाउन आग्रह
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
मोरङ, सुनसरी र झापाबाट लागुऔषधसहित आठ जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×