पूर्वाधारमा बेथिति रोक्न जनताकै साथ खोज्दै कोशी सरकार, मन्त्री जीवन आचार्यले मागे सुझाव

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १६:४७

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशमा निर्माण भइरहेका तथा निर्माण सम्पन्न भएका भौतिक पूर्वाधारको अवस्था, गुणस्तर र जनउपयोगिताका बारेमा प्रत्यक्ष जानकारी लिन सर्वसाधारणसँग सुझाव मागेको छ ।

पूर्वाधार निर्माणका क्रममा देखिएका बेथिति रोक्न तथा आगामी दिनमा त्यस्ता गलत कामलाई रोक्नका लागि प्रदेश सरकारले जनताकै साथ खोजेको हो । प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले विकास निर्माणका क्षेत्रमा देखिएका समस्या पहिचान गरी आगामी योजना तथा अनुगमनलाई प्रभावकारी बनाउन जनताको प्रत्यक्ष अनुभव र सुझाव संकलन गर्न थालेका हुन् ।

Advertisement

मन्त्री आचार्यले सडक, पुल, भवनलगायत प्रदेशअन्तर्गतका पूर्वाधार निर्माणमा भइरहेको प्रगति, गुणस्तर तथा उपयोगिताका बारेमा स्थानीयलाई जानकारी उपलब्ध गराउन आग्रह गरेका छन् । निर्माणाधीन आयोजना तोकिएको गतिमा अघि बढिरहेको छ वा ढिलाइ भइरहेको छ, निर्माणको गुणस्तर कस्तो छ तथा कामप्रति स्थानीय सन्तुष्ट छन् वा छैनन् भन्ने विषयमा समेत जानकारी दिन आग्रह गरिएको छ ।

त्यस्तै, निर्माण सम्पन्न भइसकेका सडक बिग्रिएको, भत्किएको, खाल्डाखुल्डी परेको वा अन्य समस्या देखिएको भए त्यसको फोटो तथा भिडियोसहित जानकारी पठाउन भनिएको छ । सम्भव भएसम्म त्यस्ता सडक दैनिक करिब कति मानिस वा सवारीसाधनले प्रयोग गर्छन् भन्ने अनुमानित विवरणसमेत उपलब्ध गराउन प्रदेश सरकारले आग्रह गरेको छ ।

प्रदेश सरकारले लामो समयदेखि रोकिएका र पटक–पटक म्याद थपिएका वा अपेक्षित रूपमा अघि बढ्न नसकेका आयोजनाका बारेमा पनि जानकारी दिन सर्वसाधारणलाई अनुरोध गरेको छ । यसबाट आयोजनाको वास्तविक अवस्था पहिचान गरी आवश्यक अनुगमन तथा सुधारका लागि पहल गर्ने प्रदेश सरकारको तयारी छ ।

प्रदेश सरकारले स्थानीय तहमा तत्काल आवश्यक देखिएका पूर्वाधारका बारेमा पनि जनताको सुझाव मागेको छ । आफ्नो क्षेत्रको सबैभन्दा आवश्यक पूर्वाधार कुन हो, कहाँ के निर्माण गर्न आवश्यक छ, त्यसको आवश्यकता किन छ र त्यस्तो पूर्वाधार निर्माणबाट कति जनता लाभान्वित हुन सक्छन् भन्ने विवरणसमेत प्रदेश सरकारलाई पठाउन सकिने छ ।

मन्त्री आचार्यले प्रदेश सरकारले अघि बढाउने योजनाको लागतसम्बन्धी सुझावसमेत मागेका छन् । सर्वसाधारणले आफ्नो विचारमा प्रदेश सरकारले कम्तीमा कति लागतसम्मका योजना प्राथमिकताका साथ अघि बढाउन उपयुक्त हुन्छ र त्यसको कारणसमेत उल्लेख गर्न सक्नेछन् ।

पूर्वाधार निर्माणमा गुणस्तरको समस्या, तोकिएको मापदण्डविपरीत काम, लापरबाही वा अन्य अनियमितता देखिएमा त्यससम्बन्धी प्रमाण, फोटो, भिडियो तथा अन्य जानकारी उपलब्ध गराउन पनि आग्रह गरिएको छ । यसरी प्राप्त सूचनालाई प्रदेश सरकारले अनुगमन तथा अध्ययनका क्रममा उपयोग गर्ने जनाएको छ ।

प्रदेश सरकारले समस्या र कमजोरी मात्रै नभएर राम्रोसँग काम भइरहेका आयोजनाका बारेमा समेत जानकारी दिन आग्रह गरेको छ । तोकिएको मापदण्डअनुसार गुणस्तरीय, प्रभावकारी र जनउपयोगी रूपमा आयोजना सम्पन्न भइरहेको भए त्यसको जानकारीसमेत उपलब्ध गराउन भनिएको छ । विकास निर्माणमा भएका राम्रा अभ्यासको पहिचान र प्रोत्साहन पनि आवश्यक रहेको मन्त्री आचार्यको भनाइ छ ।

जनताबाट प्राप्त सुझाव र सूचनालाई प्रदेश सरकारको अनुगमन, अध्ययन तथा आगामी योजना निर्माणका क्रममा उपयोग गर्ने तयारी गरिएको छ । यसका लागि सुझाव संकलन तथा अनुगमनको जिम्मेवारी मन्त्री आचार्यका प्रमुख स्वकीय सचिव ईश्वरी आचार्यलाई दिइएको छ ।

प्रदेश सरकारले सर्वसाधारणलाई आफ्नो क्षेत्रका पूर्वाधारसम्बन्धी समस्या, आवश्यकता, सुझाव तथा सकारात्मक कामका बारेमा प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको छ । सुझाव तथा सूचना इमेल ठेगाना [email protected] मा पठाउन सकिनेछ । त्यसैगरी ९८५२०८९१६५ नम्बरमा समेत सम्पर्क गर्न सकिने भौतिक पूर्वाधार विकास मन्त्रालयले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
बाढीपीडितका लागि जाजू ग्रुपको ६० लाखको राहत, तीन लाख प्याकेट खाद्य सामग्री पठाइँदै
विपद्को दशक : भूकम्पदेखि बाढीसम्म, नेपालले गुमायो १४ हजारभन्दा बढी नागरिक
कुन जलविद्युत् आयोजनामा कति सम्पर्कविहीन ?
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढीमा ज्यान गुमाउनेको संख्या आठ सय नजिक
बाढी प्रभावितका लागि युएईद्वारा १० मिलियन डलर सहयोगको तयारी
सरकारलाई सुझाव दिँदा कोशीका सचिवको रसुवामा काज, बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मा
सप्तकोशीमा निरन्तर बढ्दैछ बहाव, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
विपत्तिको शोकमा पूर्वी पहाडी जिल्लामा रोपाइँ जात्रा स्थगित
विपत्तिको शोकमा पूर्वी पहाडी जिल्लामा रोपाइँ जात्रा स्थगित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×