सप्तकोशीमा निरन्तर बढ्दैछ बहाव, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

Share this
655shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १७:१८

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि सुनसरी प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सप्तकोशीमा आइतबार दिउँसो ४ बजेसम्म पानीको बहाव बढेर १ लाख ७६ हजार ८ सय क्यूसेक पुगेको छ । बहाव बढेसँगै कोशी ब्यारेजका २० वटा ढोका खोलिएको सुनसरी प्रहरीले जनाएको छ । दिउँसो २ बजेदेखि ४ बजेसम्म दुई घण्टाको अवधिमा मात्रै नदीको बहाव करिब १५ हजार क्यूसेकले बढेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

Advertisement

त्यसअघि आइतबार दिउँसो २ बजेसम्म सप्तकोशीमा पानीको बहाव १ लाख ६१ हजार क्यूसेकभन्दा बढी मापन भएको थियो । त्यसबेला कोशी ब्यारेजका १८ वटा ढोका खोलिएका थिए । दिउँसो १२ बजे भने नदीमा १ लाख ५२ हजार ६ सय ६० क्यूसेक पानीको बहाव मापन भएको थियो । त्यतिबेला ब्यारेजका १७ वटा ढोका खुला थिए । बहाव निरन्तर बढ्दै गएपछि थप ढोका खोल्दै लगिएको हो ।

सप्तकोशीमा १ लाख ५० हजार क्यूसेकसम्मको पानीको बहावलाई सामान्य मानिन्छ भने २ लाख क्यूसेकभन्दा माथि पुगेपछि खतराको संकेत मानिन्छ । पछिल्लो समय बहाव तीव्र रूपमा बढिरहेकाले नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने प्रहरीले जनाएको छ ।

सप्तकोशीका सहायक नदीहरुमा बाढी आउने क्रम सुरु भएकाले सप्तकोशीमा बहाव बढेको हो । सहायक नदीमध्ये सुनकोशीमा पछिल्लो समय बहाव उल्लेख्य रूपमा बढेको जनाइएको छ । सुनकोशीको पानीको सतह करिब डेढ मिटर बढेको जानकारी प्राप्त भएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको डीएसपी खड्काले बताए ।

उनका अनुसार पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदी तथा खोलामा पानीको सतह बढ्ने क्रम जारी छ । खहरे खोलाहरुमा बाढी आउन थालेपछि चतरा पुलबाट धार्मिक तीर्थस्थल वराहक्षेत्रतर्फको आवागमनसमेत रोकिएको छ । चतरा–वराहक्षेत्र सडकखण्डमा सवारीसाधन तथा मानवीय आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार पनि चतरा–वराहक्षेत्र सडकखण्डमा पहिरो गएको थियो । खहरे खोलामा आएको बाढीले एउटा मोटरसाइकलसमेत बगाएको थियो । बाढीले केही तल पुर्‍याएको उक्त मोटरसाइकल पछि बाहिर निकालिएको जानकारी डीएसपी खड्काले दिए ।

पानीको बहाव निरन्तर बढिरहेको र पहाडी क्षेत्रमा वर्षा पनि जारी रहेकाले सप्तकोशी तथा आसपासका नदी एवं खोलामा थप जोखिम हुनसक्ने भन्दै प्रहरीले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक सूचना जारी गर्दै बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

प्रहरीले नदीको बहाव बढिरहेका बेला माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने, भिडियो बनाउनेलगायत जोखिमपूर्ण गतिविधि नगर्न पनि आग्रह गरेको छ । अनावश्यक रूपमा नदी तथा खोलाको किनारमा नजान र सम्भावित जोखिमबाट जोगिन प्रहरीले स्थानीयलाई अपिल गरेको हो ।

नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले स्थानीय बासिन्दालाई नदीको अवस्था र प्रहरी तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनामा ध्यान दिन प्रहरीले आग्रह गरेको छ । नागरिकको सुरक्षा आफ्नो प्राथमिकता रहेको भन्दै प्रहरीले सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो ।

तपाइको प्रतिक्रिया
जीवन विकासको विशेष साधारणसभा: युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
जीवन विकासको विशेष साधारणसभा: युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
एभरेस्टको पौडीमा धावा र आश्ना उत्कृष्ट 
एभरेस्टको पौडीमा धावा र आश्ना उत्कृष्ट 
बाढीपीडितका लागि जाजू ग्रुपको ६० लाखको राहत, तीन लाख प्याकेट खाद्य सामग्री पठाइँदै
विपद्को दशक : भूकम्पदेखि बाढीसम्म, नेपालले गुमायो १४ हजारभन्दा बढी नागरिक
कुन जलविद्युत् आयोजनामा कति सम्पर्कविहीन ?
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढीमा ज्यान गुमाउनेको संख्या आठ सय नजिक
बाढी प्रभावितका लागि युएईद्वारा १० मिलियन डलर सहयोगको तयारी
सरकारलाई सुझाव दिँदा कोशीका सचिवको रसुवामा काज, बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मा
सप्तकोशीमा निरन्तर बढ्दैछ बहाव, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×