बाढीमा ज्यान गुमाउनेको संख्या आठ सय नजिक

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १७:५५

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा विपद्मा परेर ज्यान गुमाउनेको संख्या आठ सय नजिक पुगेको छ ।

प्रहरीका अनुसार आइतबार अपरान्हसम्म विभिन्न स्थानबाट ७८८ जनाको शव फेला परेको छ । हालसम्म २ हजार ७४२ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबैभन्दा धेरै मानवीय क्षति चितवनमा भएको छ । चितवनमा मात्रै २६४ जनाको शव फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए ।

Advertisement

यस्तै, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १२०, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको जानकारी उनले दिए ।

घाइते तथा उद्धार हुनेको संख्या पनि उल्लेख्य छ । काफ्लेका अनुसार नुवाकोटबाट २ हजार २० जना, रसुवाबाट ७१९ जना र धादिङबाट ३ जना गरी कुल २ हजार ७४२ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका अधिकांश घाइते अवस्थामा छन् ।

बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको काम जारी रहेको छ । विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
जीवन विकासको विशेष साधारणसभा: युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
जीवन विकासको विशेष साधारणसभा: युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
एभरेस्टको पौडीमा धावा र आश्ना उत्कृष्ट 
एभरेस्टको पौडीमा धावा र आश्ना उत्कृष्ट 
बाढीपीडितका लागि जाजू ग्रुपको ६० लाखको राहत, तीन लाख प्याकेट खाद्य सामग्री पठाइँदै
विपद्को दशक : भूकम्पदेखि बाढीसम्म, नेपालले गुमायो १४ हजारभन्दा बढी नागरिक
कुन जलविद्युत् आयोजनामा कति सम्पर्कविहीन ?
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढीमा ज्यान गुमाउनेको संख्या आठ सय नजिक
बाढी प्रभावितका लागि युएईद्वारा १० मिलियन डलर सहयोगको तयारी
सरकारलाई सुझाव दिँदा कोशीका सचिवको रसुवामा काज, बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मा
सप्तकोशीमा निरन्तर बढ्दैछ बहाव, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×