कोशी ब्यारेजका २४ वटा ढोका खुला

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार ०६:४१

इनरुवा । सप्तकोशी नदीमा जलसतह निरन्तर बढ्दै गएपछि कोशी ब्यारेजका २४ वटा ढोका खुला गरिएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान ६ बजेसम्ममा सप्तकोशीको बहाव प्रतिसेकेण्ड २ लाख ११ हजार ५५ क्यूसेक मापन गरिएको छ । यद्यपि, पछिल्लो विवरण अनुसार बहाव केही घटेको छ । राति १२ बजे सबैभन्दा धेरै २ लाख १९ हजार क्यूसेक मापन गरिएको थियो ।

Advertisement

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार सप्तकोशीको बहाव घटबढ हुने क्रम जारी छ । पहाडी क्षेत्रमा लगातार वर्षा हुने क्रम जारी रहेका कारण आइतबार दिउँसोबाट कोशीको बहाव बढ्न थालेको थियो ।

जलस्तर बढ्न थालेपछि प्रहरीले सर्वसाधारणलाई सचेत गराउन थालेको थियो । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र सतर्कता अपनाउन आग्रह गरिएको जानकारी खड्काले दिए । सप्तकोशीमा १ लाख ५० हजार क्यूसेकसम्मको पानीको बहावलाई सामान्य मानिन्छ ।

‘बहाव तीव्र रूपमा बढ्न थालेपछि नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने देखिएकाले सर्वसाधारणलाई सचेत गराइएको थियो । अहिलेसम्म त्यति खतरा छैन । मध्यरातिको तुलनामा बहाव कम भएको छ । त्यही पनि तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आवश्यक छ,’ खड्काले भने । सप्तकोशीका सहायक नदीहरुमा बाढी आउने क्रम भने जारी रहेकाले सतर्कता आवश्यक रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले विशेष गरेर बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाको नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । प्रहरीले नदीको बहाव बढिरहेका बेला माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने, भिडियो बनाउनेलगायत जोखिमपूर्ण गतिविधि नगर्न पनि आग्रह गरेको छ ।

अनावश्यक रूपमा नदी तथा खोलाको किनारमा नजान र सम्भावित जोखिमबाट जोगिन प्रहरीले स्थानीयलाई अपिल गरेको हो । नदीको अवस्था र प्रहरी तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनामा ध्यान दिन प्रहरीले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी संकट : प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए जानकारी
एउटै शवमा तीन परिवारको दाबी, पहिचानका लागि डीएनए परीक्षण हुँदै
बाढीपछि मधेस प्रदेशका १५१ जना सम्पर्कविहीन
प्रहरीको कामकारबाही रेकर्ड गर्न पाउनुपर्ने माग, सर्वोच्चमा रिट दर्ता
भोटेकोशी बाढी : गम्भीर बिरामीको उद्धारका लागि हेलिकप्टर माग
भोटेकोशी बाढीपछि एक खर्बसम्मको बीमा दाबी पर्न सक्ने
घट्यो सुनको मूल्य  
सुनको मूल्य घट्यो, चाँदी स्थिर
रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनको खोजीमा उद्धार टोली परिचालन
विराटनगरको सडकमा बिरामी अवस्थामा भेटिएका पुरुषको मृत्यु
बाढीमा परेर मृत्यु हुनेको संख्या नौ सय नाघ्यो, ४२ सयभन्दा बढी सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×