सुरुङको मुख खोल्न त्रिशूली–३ ‘ए’मा ब्लास्टिङ, पानी भरिएपछि प्रवेश रोकियो

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार ०७:४०

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको त्रिशूली जलविद्युत् आयोजना–३ ‘ए’को सुरुङको मुख खोल्न आज (सोमबार) बिहान ब्लास्टिङ गरिएको छ ।

सुरुङमा थुनिएको भाग हटाएर प्रवेशको अवस्था बनाउन बिहान करिब ३ बजेतिर ब्लास्टिङ गरिएको हो । तर, सुरुङभित्र ठूलो मात्रामा पानी भरिएका कारण तत्कालै भित्र प्रवेश गर्न सक्ने अवस्था नरहेको सांसद श्रीराम न्यौपानेले जानकारी दिए ।

Advertisement

उनका अनुसार सुरुङको मुखमा रहेको करिब ४० सेन्टिमिटर बाक्लो ढलान फुटाउन ब्लास्टिङ गरिएको हो । ब्लास्टिङ गरे पनि सुरुङको भित्री भाग पानीले भरिएकाले कामदार तथा प्राविधिक टोलीलाई भित्र प्रवेश गराउन कठिनाइ भएको छ ।

सांसद न्यौपानेले राति ब्लास्टिङ गरिए पनि सुरुङभित्र प्रवेश गर्ने अवस्था नबनेको बताएका छन् । उनका अनुसार सुरुङको मुख खोल्ने र भित्र प्रवेश गर्ने अवस्था बनाउने काम भने जारी छ ।

भोटेकोशी बाढीपछि सुरुङको मुख थुनिएसँगै आयोजना क्षेत्रमा क्षतिको अवस्था पहिचान गर्नसमेत कठिनाइ भइरहेको छ । त्यहाँभित्र फसेकाहरुको उद्धार गर्न समेत सम्भव भइरहेको छैन । सुरुङ खुलाएर भित्र प्रवेश गर्न सकिएपछि मात्रै आयोजनाभित्र भएको क्षतिको विस्तृत अवस्था पहिचान गर्न सकिने बताइएको छ ।

तपाइको प्रतिक्रिया
एउटै शवमा तीन परिवारको दाबी, पहिचानका लागि डीएनए परीक्षण हुँदै
बाढीपछि मधेस प्रदेशका १५१ जना सम्पर्कविहीन
प्रहरीको कामकारबाही रेकर्ड गर्न पाउनुपर्ने माग, सर्वोच्चमा रिट दर्ता
भोटेकोशी बाढी : गम्भीर बिरामीको उद्धारका लागि हेलिकप्टर माग
भोटेकोशी बाढीपछि एक खर्बसम्मको बीमा दाबी पर्न सक्ने
घट्यो सुनको मूल्य  
सुनको मूल्य घट्यो, चाँदी स्थिर
रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनको खोजीमा उद्धार टोली परिचालन
विराटनगरको सडकमा बिरामी अवस्थामा भेटिएका पुरुषको मृत्यु
बाढीमा परेर मृत्यु हुनेको संख्या नौ सय नाघ्यो, ४२ सयभन्दा बढी सम्पर्कविहीन
मोरङको बूढीगंगामा आगोले पोलेर दम्पती घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×