मोरङको बूढीगंगामा आगोले पोलेर दम्पती घाइते

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार ०९:५४

विराटनगर । मोरङको बूढीगंगामा सोमबार बिहान आगोले पोलेर एक दम्पती घाइते भएका छन् । दुवै जनाको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

आगोले बूढीगंगा गाउँपालिका–४ प्रगति टोलकी ४६ वर्षीया सुष्मा भण्डारी र उनका पति ५० वर्षीय केशव भण्डारी घाइते भएको प्रहरीले जनाएको छ । आफ्नै घरको भान्साकोठामा बिहान ६ बजेतिर चिया पकाउनका लागि ग्यास बाल्ने क्रममा अचानक ग्यास लिक भएर सुष्माको शरीरमा आगो सल्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Advertisement

आगोले उनको टाउको, अनुहार, बाँया हात र दुवै खुट्टामा पोलेको छ । प्रहरीका अनुसार शरीरको करिब ४० प्रतिशत भाग जलेर उनी घाइते भएकी छन् । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सुष्माको शरीरमा लागेको आगो निभाउने क्रममा उनका पति केशव पनि घाइते भएका छन् । दुवै हात र ढाडमा आगोले पोल्दा करिब ६ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय नेमुवाका सई खड्गबहादुर राई नेतृत्वको टोलीले घटनाका बारेमा थप बुझ्ने काम गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
एउटै शवमा तीन परिवारको दाबी, पहिचानका लागि डीएनए परीक्षण हुँदै
बाढीपछि मधेस प्रदेशका १५१ जना सम्पर्कविहीन
प्रहरीको कामकारबाही रेकर्ड गर्न पाउनुपर्ने माग, सर्वोच्चमा रिट दर्ता
भोटेकोशी बाढी : गम्भीर बिरामीको उद्धारका लागि हेलिकप्टर माग
भोटेकोशी बाढीपछि एक खर्बसम्मको बीमा दाबी पर्न सक्ने
घट्यो सुनको मूल्य  
सुनको मूल्य घट्यो, चाँदी स्थिर
रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनको खोजीमा उद्धार टोली परिचालन
विराटनगरको सडकमा बिरामी अवस्थामा भेटिएका पुरुषको मृत्यु
बाढीमा परेर मृत्यु हुनेको संख्या नौ सय नाघ्यो, ४२ सयभन्दा बढी सम्पर्कविहीन
मोरङको बूढीगंगामा आगोले पोलेर दम्पती घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×