बाढीमा मृत्यु भएकाको पहिचान गर्न डीएनए परीक्षण सुरु

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार ०९:५१

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका लागि डीएनए नमुना परीक्षण सुरु गरिएको छ । भारतबाट नेपाल आएको फरेन्सिक विशेषज्ञ टोलीले आइतबार नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका नेपाली विज्ञहरूसँग भेट गरी डीएनए नमुना विश्लेषणसम्बन्धी काम अघि बढाएको हो ।

भारतीय पक्षका अनुसार बाढीमा परी मृत्यु भएकाहरूको पहिचानमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाली विज्ञहरूसँग समन्वय गरी फरेन्सिक परीक्षणको काम भइरहेको छ । भारतीय विदेश मन्त्रालयले पनि फरेन्सिक टोलीले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली विज्ञहरूसँग भेट गरेको जनाएको छ ।

Advertisement

रसुवाको भोटेकोसी र त्रिशूली नदीमा बुधबार आएको भीषण बाढी तथा पहिरोमा ठूलो मानवीय क्षति भएको छ । बाढीपछि विभिन्न स्थानबाट संकलन गरिएका शव तथा बेपत्ता व्यक्तिका परिवारबाट संकलित नमुनाको वैज्ञानिक परीक्षणमार्फत पहिचान गर्ने प्रयास भइरहेको छ ।

भारतले यसअघि नै उद्धार तथा राहत सामग्रीसहित फरेन्सिक विशेषज्ञ टोली र आवश्यक उपकरण नेपाल पठाएको थियो । भारतीय विदेश मन्त्रालयले नेपालमा जारी राहत तथा उद्धार कार्यमा भारतको सहयोग निरन्तर रहने जनाएको छ । भारतीय फरेन्सिक टोलीको सहयोगले पहिचान हुन नसकेका शवको वैज्ञानिक विधिबाट पहिचान गर्न तथा आफन्तलाई शव बुझाउने प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी संकट : प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए जानकारी
एउटै शवमा तीन परिवारको दाबी, पहिचानका लागि डीएनए परीक्षण हुँदै
बाढीपछि मधेस प्रदेशका १५१ जना सम्पर्कविहीन
प्रहरीको कामकारबाही रेकर्ड गर्न पाउनुपर्ने माग, सर्वोच्चमा रिट दर्ता
भोटेकोशी बाढी : गम्भीर बिरामीको उद्धारका लागि हेलिकप्टर माग
भोटेकोशी बाढीपछि एक खर्बसम्मको बीमा दाबी पर्न सक्ने
घट्यो सुनको मूल्य  
सुनको मूल्य घट्यो, चाँदी स्थिर
रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनको खोजीमा उद्धार टोली परिचालन
विराटनगरको सडकमा बिरामी अवस्थामा भेटिएका पुरुषको मृत्यु
बाढीमा परेर मृत्यु हुनेको संख्या नौ सय नाघ्यो, ४२ सयभन्दा बढी सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×