एउटै शवमा तीन परिवारको दाबी, पहिचानका लागि डीएनए परीक्षण हुँदै

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार ११:४०

पोखरा । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको एउटा शवमा तीन परिवारले आफ्नो आफन्त भएको दाबी गरेका छन् । शवको अवस्था र उपलब्ध पहिचानका आधारबाट यकिन हुन नसकेपछि पहिचानका लागि डीएनए परीक्षणको प्रक्रिया अघि बढाइएको छ ।

कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार एउटै शवमा तीन परिवारले दाबी गरेपछि डीएनए परीक्षणमार्फत वास्तविक पहिचान खुलाइनेछ । परीक्षणको रिपोर्ट आएपछि मात्रै शव सम्बन्धित परिवारलाई बुझाइनेछ । भोटेकोशी बाढीले बगाएर ल्याएका १०२ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । अधिकांश शव क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ । केही शव सग्लो अवस्थामा छैनन् भने केहीमा हातखुट्टालगायत शरीरका अंग मात्रै भेटिएका छन् ।

Advertisement

यस्तो अवस्थामा आफन्तहरूले कपडा, गहना, ट्याटु तथा शरीरमा रहेका अन्य चिन्हका आधारमा शव पहिचान गर्ने प्रयास गरिरहेका छन् । नुवाकोटका राजकुमार तामाङले आफ्ना पाँच वर्षीय छोरा प्रिन्सको शव विद्यालयको टाइ र घाँटीमा रहेको मालाबाट पहिचान गरेका थिए । भक्तपुरका सत्यकृष्ण पराजुलीले आफ्ना दाजु सत्यसुन्दर प्रजापतिको शव घाँटीमा रहेको ट्याटुबाट पहिचान गरेका थिए ।

तर सबै शवमा पहिचान खुल्ने स्पष्ट चिन्ह नहुँदा आफन्तलाई कठिनाइ भइरहेको छ । एउटै शवमा तीन परिवारले दाबी गरेको घटनाले बाढीपछि शव पहिचानमा देखिएको जटिलता थप स्पष्ट पारेको छ । शव पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक हजारभन्दा बढी आफन्त पुगेका छन् । प्रहरीले सहायता कक्षमार्फत उनीहरूलाई शव पहिचानमा सहजीकरण गरिरहेको जनाएको छ ।

संकलित १०२ शवमध्ये हालसम्म ४६ वटाको पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम गरिएका शवमध्ये १० वटा पहिचान भइसकेका छन् । पहिचान भएका शव आफन्तले बुझेर लगेका छन् । पहिचान हुन नसकेका शव व्यवस्थापनको तयारीसमेत भइरहेको प्रहरीले जनाएको छ । तर डीएनए परीक्षणबाट पहिचान खुलेमा सम्बन्धित परिवारलाई शव बुझाउन सकिने प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा भव्य श्रीकृष्ण जन्माष्टमी महोत्सव हुँदै, बाढीपहिरो प्रभावितका लागि विशेष प्रार्थना गरिने
अमेरिकामा सांगीतिक कार्यक्रम गरी बाढीपीडितका लागि २१ लाख सहयोग
सारडा ग्रुपको विपद् सहयोग : नगददेखि सिमेन्टसम्म
बाढीपहिरो प्रभावितका लागि कांग्रेस सांसदले आधा महिनाको तलब दिने
बाढी प्रभावितका लागि अष्ट्रेलियाले थप ३० लाख डलर सहायता दिने
सुरुङमा कोही भेटिएनन्
विपद् प्रभावितका लागि सिक्किमले पठायो राहत
जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोज तथा उद्धार तीव्र
पहिरोले दुई महिना थुनिएको मेची राजमार्गमा गुड्न थाले साना सवारी
सन्दीपको पाँच विकेटमा बहराइन ढल्यो, प्रिमियर कपमा नेपालले गर्‍यो शानदार सुरुवात
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×