रसुवा बाढी : सेनाको हेलिकप्टरबाट ३३० जनाको उद्धार

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १६:१५

काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावितको उद्धारका क्रममा नेपाली सेनाको तीनवटा हेलिकप्टरबाट हालसम्म ३३० जनाको उद्धार गरिएको छ ।

नेपाली सेनाका अनुसार आज (सोमबार) दिउँसो १ः३० बजेसम्म सेनाको हेलिकप्टरबाट ३३० जनाको उद्धार गरिएको हो । बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा समेत खोज तथा उद्धार कार्य जारी छ । त्रिशूली–३ हाइड्रोपावरको टनेलमा करिब १५ मिटरभित्र प्रवेश गरी खोज तथा उद्धारको काम भइरहेको सेनाले जनाएको छ ।

Advertisement

त्यस्तै, त्रिशूली हाइड्रोको थ्री बी टनेलमा विज्ञ फौजसहितको टोलीले खोज तथा उद्धार गरिरहेको छ । रसुवागढी हाइड्रोको टनेलमा भने संयुक्त टोलीले करिब २५० मिटरसम्म प्रवेश गरी खोजी गरेको थियो । त्यहाँ मानिस फेला नपरेपछि टोली फर्किएको सेनाले जनाएको छ ।

बाढीबाट प्रभावित जिल्लामा नेपाली सेनाका आठ हजार ९०० भन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन् । सुरक्षाकर्मीले खोला, डाँडा तथा स्थानीयका घरघरमा पुगेर बेपत्ता तथा प्रभावितको खोजी र उद्धार कार्यलाई समन्वयात्मक रूपमा निरन्तरता दिइरहेका छन् ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढीपीडितका लागि आर्या न्युरो अस्पतालको सहयोग
राष्ट्रपति र प्रधानमन्त्री भेट्न रवि लामिछानेको दौडधुप
बाढी प्रभावितका लागि हिमगिरि हाइजिनले ७० लाखको सामग्री दिने
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच विपद् व्यवस्थापनबारे छलफल
रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, प्रतिकार गर्ने चेतावनी
भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टन खाद्य सामग्री पठाइयो
बाढी प्रभावित क्षेत्र पुगे कांग्रेस सभापति थापा, उद्धारमा ढिलाइ भएको स्थानीयको गुनासो
बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह
नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा बाढीपीडितका लागि एक लाख सहयोग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×