नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा बाढीपीडितका लागि एक लाख सहयोग

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १७:२३

विराटनगर । नोना कोइराला स्मृति प्रतिष्ठानले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानले भोटेकोशी बाढीका कारण रसुवा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेको छ । बाढीमा नेपाली नागरिकसँगै विभिन्न देशबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटक तथा नागरिकले समेत ज्यान गुमाउनुपरेकोमा प्रतिष्ठानले शोक व्यक्त गरेको हो ।

Advertisement

प्रतिष्ठानले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइते तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता व्यक्तिको यथाशीघ्र खोजी तथा सुरक्षित उद्धारका लागि कामना गरेको छ ।

विपद्को यस घडीमा आफ्नो सामाजिक तथा नैतिक दायित्वलाई आत्मसात् गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले सरकारले उद्धार, राहत, उपचार तथा बेपत्ता व्यक्तिको खोजी कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वाससमेत व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढीपीडितका लागि एके राठी र सारडा ग्रुपद्वारा १ करोड १ लाख सहयोग
भोटेकोशी बाढीपीडितका लागि एके राठी र सारडा ग्रुपद्वारा १ करोड १ लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 
भोटेकोशी बाढीपीडितका लागि आर्या न्युरो अस्पतालको सहयोग
राष्ट्रपति र प्रधानमन्त्री भेट्न रवि लामिछानेको दौडधुप
बाढी प्रभावितका लागि हिमगिरि हाइजिनले ७० लाखको सामग्री दिने
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच विपद् व्यवस्थापनबारे छलफल
रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, प्रतिकार गर्ने चेतावनी
भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टन खाद्य सामग्री पठाइयो
बाढी प्रभावित क्षेत्र पुगे कांग्रेस सभापति थापा, उद्धारमा ढिलाइ भएको स्थानीयको गुनासो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×