रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १७:४६

काठमाडौं । भोटेकोशीमा गएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ ।

जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुचारु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चे, भार्खु तथा गोसाइँकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा सञ्चालनमा आएको छ ।

Advertisement

बाढीबाट विद्युत् संरचनामा क्षति पुगेपछि प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच प्राधिकरणका प्राविधिक टोलीले मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएका थिए। प्राविधिक टोलीको निरन्तर प्रयासपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएसँगै स्थानीय बासिन्दाको दैनिक जनजीवन समेत क्रमशः सामान्य बन्दै गएको छ ।

प्राधिकरणले बाँकी प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी काम जारी राखेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
दधिराज सुवेदीको स्मृतिमा पुस्तकालयको आवश्यकता र योगदानबारे विराटनगरमा चर्चा
दधिराज सुवेदीको स्मृतिमा पुस्तकालयको आवश्यकता र योगदानबारे विराटनगरमा चर्चा
रसुवा बाढीमा मृतकको संख्या ९३९ पुग्यो
ताप्लेजुङ गोल्डकपः विभागीय टोली पुलिसलाई हराउँदै झापा–११ सेमिफाइनलमा 
ताप्लेजुङ गोल्डकपः पुलिसलाई हराउँदै झापा–११ सेमिफाइनलमा 
भोटेकोशी बाढीपीडितका लागि एके राठी र सारडा ग्रुपद्वारा १ करोड १ लाख सहयोग
भोटेकोशी बाढीपीडितका लागि एके राठी र सारडा ग्रुपद्वारा १ करोड १ लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 
भोटेकोशी बाढीपीडितका लागि आर्या न्युरो अस्पतालको सहयोग
राष्ट्रपति र प्रधानमन्त्री भेट्न रवि लामिछानेको दौडधुप
बाढी प्रभावितका लागि हिमगिरि हाइजिनले ७० लाखको सामग्री दिने
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच विपद् व्यवस्थापनबारे छलफल
रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×