
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज (सोमबार) भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटवार्तामा विपद् व्यवस्थापनका विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री शाहलाई भेट्न लामिछाने सिंहदरबार पुगेका थिए । भेटका क्रममा भोटेकोशी बाढीमा फसेकाको उद्धार, प्रभावित नागरिकका लागि राहत तथा क्षति पुगेका संरचनाको पुनःस्थापनालगायतका विषयमा छलफल भएको बताइएको छ ।
भेटमा प्रभावित नागरिकको उद्धार र राहतलाई प्रभावकारी बनाउने तथा विपद्बाट क्षति पुगेका संरचनाको पुनःस्थापना गर्ने विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रलाई पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका छन् ।

























