भोटेकोशी बाढीपीडितका लागि आर्या न्युरो अस्पतालको सहयोग

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १८:४८

विराटनगर । विराटनगर महानगरपालिका–३ कञ्चनबारीस्थित आर्या न्युरो अस्पतालले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको अस्पताल प्रशासनले जनाएको हो ।

Advertisement

अस्पतालका अनुसार विपद्का समयमा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि राज्य तथा विभिन्न निकायसँगै निजी क्षेत्रको समेत योगदान आवश्यक हुन्छ । सोही जिम्मेवारीलाई ध्यानमा राख्दै अस्पतालले आफ्नो क्षमताअनुसार कोषमा रकम उपलब्ध गराएको हो ।

बाढीबाट प्रभावित समुदायप्रति सहानुभूति व्यक्त गर्नु मात्रै पर्याप्त नभई संकटको समयमा आवश्यक सहयोग उपलब्ध गराउनु सामाजिक जिम्मेवारी भएको अस्पतालको भनाइ छ । अस्पतालले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
दधिराज सुवेदीको स्मृतिमा पुस्तकालयको आवश्यकता र योगदानबारे विराटनगरमा चर्चा
दधिराज सुवेदीको स्मृतिमा पुस्तकालयको आवश्यकता र योगदानबारे विराटनगरमा चर्चा
रसुवा बाढीमा मृतकको संख्या ९३९ पुग्यो
ताप्लेजुङ गोल्डकपः विभागीय टोली पुलिसलाई हराउँदै झापा–११ सेमिफाइनलमा 
ताप्लेजुङ गोल्डकपः पुलिसलाई हराउँदै झापा–११ सेमिफाइनलमा 
भोटेकोशी बाढीपीडितका लागि एके राठी र सारडा ग्रुपद्वारा १ करोड १ लाख सहयोग
भोटेकोशी बाढीपीडितका लागि एके राठी र सारडा ग्रुपद्वारा १ करोड १ लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 
भोटेकोशी बाढीपीडितका लागि आर्या न्युरो अस्पतालको सहयोग
राष्ट्रपति र प्रधानमन्त्री भेट्न रवि लामिछानेको दौडधुप
बाढी प्रभावितका लागि हिमगिरि हाइजिनले ७० लाखको सामग्री दिने
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच विपद् व्यवस्थापनबारे छलफल
रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×