यस्तो रहनेछ मौसम

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार ०६:४५
चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज (मंगलबार) पनि अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ ।

देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मंगलबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । केही हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ ।

Advertisement

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना छ । त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा वर्षा तथा हिमपात हुन सक्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

रातको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिमसमेत रहन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने बताइएको छ । सम्भावित विपद्का कारण उद्धार तथा राहतका कामसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धीको सूचनामा निरन्तर अद्यावधिक रहन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×