
काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परेर २५ जना प्रहरी सम्पर्कविहीन भएका छन् । २८ जना सम्पर्कविहीन भएकामध्ये तीन जना प्रहरी कर्मचारीको शव फेला परेको छ । आफन्तले शव बुझेर लगिसकेका छन् ।
बाँकी २५ जना प्रहरी कर्मचारीसँग अझै सम्पर्क हुन नसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार शव फेला पर्नेमा इलाका प्रहरी कार्यालय टिमुरे रसुवाको सञ्चार शाखामा कार्यरत मन्थली नगरपालिका–४, रामेछापका प्रहरी सहायक निरीक्षक (असई) रामहरि खड्का, तारकेश्वर गाउँपालिका–४, नुवाकोट घर भई प्रहरी चौकी बेत्रावती रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल र तानसेन नगरपालिका–१०, पाल्पा घर भई इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत प्रहरी सहायक हवल्दार दीपेन्द्र बिष्ट रहेका छन् ।
तीन जनाको शव फेला परे पनि २५ जना भने अहिलेसम्म बेपत्ता छन् । उनीहरुको अवस्था अज्ञात छ । भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको डीआईजी काफ्लेको भनाइ छ ।
यी हुन् सम्पर्कविहीन हुनेहरु
१, नाम : मदनराज स्याङ्बो
दर्जा : प्रहरी नायव निरीक्षक (सई)
ठेगाना : बागमती प्रदेश, मकवानपुर, बकैया गाउँपालिका–९
दरबन्दी : जिल्ला प्रहरी कार्यालय, रसुवा, सामुदायिक प्रहरी शाखा
कार्यरत : अस्थायी प्रहरी पोस्ट मैलुङ, रसुवा
२, नाम : समबहादुर थापा
दर्जा : प्रहरी सहायक निरीक्षक (असई)
ठेगाना : गण्डकी प्रदेश, वालिङ नगरपालिका–१०, स्याङ्जा
दरबन्दी : कारागार सुरक्षा गार्ड, बाग्लुङ
कार्यरत : इलाका प्रहरी कार्यालय टिमुरे, रसुवा
३, नाम : विनोद अधिकारी
दर्जा : प्रहरी सहायक निरीक्षक
ठेगाना : बागमती प्रदेश, धादिङ, गल्छी गाउँपालिका–४
दरबन्दी : जिल्ला प्रहरी कार्यालय, नुवाकोट, कन्ट्रोल रुम सञ्चार
कार्यरत : प्रहरी चौकी स्याप्रुबेँसी, रसुवा
४, नाम : सुरथ गिरी
दर्जा : प्रहरी सहायक निरीक्षक
ठेगाना : बागमती प्रदेश, नुवाकोट, पञ्चकन्या गाउँपालिका–५
दरबन्दी : जिल्ला प्रहरी कार्यालय, रसुवा, हिरासत व्यवस्थापन शाखा
कार्यरत : प्रहरी चौकी रसुवागढी, रसुवा
५, नाम : श्रवणकुमार यादव
दर्जा : प्रहरी हवल्दार
ठेगाना : मधेश प्रदेश, पर्सागढी नगरपालिका–९, पर्सा
दरबन्दी : प्रहरी चौकी गोल्जुङवेशी, रसुवा
कार्यरत : इलाका प्रहरी कार्यालय टिमुरे, रसुवा
६, नाम : नरेन्द्रप्रसाद भट्ट
दर्जा : प्रहरी हवल्दार
ठेगाना : सुदूरपश्चिम प्रदेश, बेतकोट नगरपालिका–८, कञ्चनपुर
दरबन्दी : इलाका प्रहरी कार्यालय कालिकास्थान, रसुवा
कार्यरत : इलाका प्रहरी कार्यालय टिमुरे, रसुवा
७, नाम : नवीनकुमार सिंह
दर्जा : प्रहरी हवल्दार
ठेगाना : मधेश प्रदेश, गौर नगरपालिका–९, रौतहट
दरबन्दी : प्रहरी चौकी रसुवागढी, रसुवा
कार्यरत : अस्थायी प्रहरी पोस्ट मैलुङ, रसुवा
८, नाम : केशवराज चालिसे
दर्जा : प्रहरी हवल्दार
ठेगाना : भरतपुर महानगरपालिका–२३, चितवन
दरबन्दी : प्रमुख जिल्ला अधिकारी निवास गार्ड, रसुवा
कार्यरत : अस्थायी प्रहरी पोस्ट मैलुङ, रसुवा
९, नाम : विकास बाबु अधिकारी
दर्जा : प्रहरी हवल्दार
ठेगाना : गण्डकी प्रदेश, तनहुँ, भानु नगरपालिका–११
दरबन्दी : इलाका प्रहरी कार्यालय टिमुरे, रसुवा
कार्यरत : प्रहरी चौकी रसुवागढी, रसुवा
१०, नाम : सनकुमार तामाङ
दर्जा : प्रहरी सहायक हवल्दार
ठेगाना : बागमती प्रदेश, म्यागङ गाउँपालिका–५, नुवाकोट
दरबन्दी : प्रहरी चौकी बेत्रावती, रसुवा
कार्यरत : इलाका प्रहरी कार्यालय टिमुरे, रसुवा
११, नाम : निर्मल लामा तामाङ
दर्जा : प्रहरी सहायक हवल्दार
ठेगाना : बागमती प्रदेश, खनियाबास गाउँपालिका–४, धादिङ
दरबन्दी : जिल्ला प्रहरी कार्यालय, रसुवा, अपराध नियन्त्रण तथा अनुसन्धान शाखा
कार्यरत : इलाका प्रहरी कार्यालय टिमुरे, रसुवा
१२, नाम : हरेन्द्र यादव
दर्जा : प्रहरी सहायक हवल्दार
ठेगाना : लुम्बिनी प्रदेश, प्रतापपुर गाउँपालिका–७, नवलपरासी (र्दघाट सुस्ता पश्चिम)
दरबन्दी : स.प्र. से. रसुवा
कार्यरत : प्रहरी चौकी स्याप्रुबेँसी, रसुवा
१३ नाम : हिकमत महरा
दर्जा : प्रहरी सहायक हवल्दार
ठेगाना : सुदूरपश्चिम प्रदेश, दोगडाकेदार गाउँपालिका–२, बैतडी
दरबन्दी : कारागार सुरक्षा गार्ड, रसुवा
कार्यरत : प्रहरी चौकी रसुवागढी, रसुवा
१४, नाम : सम्राट शेर्पा
दर्जा : प्रहरी जवान
ठेगाना : बागमती प्रदेश, गोकुलगंगा गाउँपालिका–३, रामेछाप
दरबन्दी : प्रहरी चौकी नारायणस्थान, काभ्रेपलाञ्चोक
कार्यरत : इलाका प्रहरी कार्यालय टिमुरे, रसुवा
१५, नाम : कृष्णा बुढामगर
दर्जा : प्रहरी जवान
ठेगाना : लुम्बिनी प्रदेश, स्वर्गद्वारी नगरपालिका–९, प्युठान
दरबन्दी : जिल्ला प्रहरी कार्यालय, रसुवा, खोज तथा सूचना संकलन शाखा
कार्यरत : इलाका प्रहरी कार्यालय टिमुरे, रसुवा
१६, नाम : सन्तराम थारु
दर्जा : प्रहरी जवान
ठेगाना : लुम्बिनी प्रदेश, बारबर्दिया नगरपालिका–१, बर्दिया
दरबन्दी : प्रहरी चौकी हाकु, रसुवा
कार्यरत : इलाका प्रहरी कार्यालय टिमुरे, रसुवा
१७, नाम : कर्ण गुरुङ
दर्जा : प्रहरी जवान
ठेगाना : बागमती प्रदेश, नीलकण्ठ नगरपालिका–१३, धादिङ
दरबन्दी : प्रहरी चौकी हाकु, रसुवा
कार्यरत : प्रहरी चौकी स्याप्रुबेँसी, रसुवा
१८ नाम : डिलबहादुर मगर
दर्जा : प्रहरी जवान
ठेगाना : बागमती प्रदेश, इच्छाकामना गाउँपालिका–४, चितवन
दरबन्दी : स. प्र. से रसुवा
कार्यरत : अस्थायी प्रहरी पोस्ट मैलुङ, रसुवा
१९, नाम : आषिश गडरिया
दर्जा : प्रहरी जवान
ठेगाना : लुम्बिनी प्रदेश, महाराजगञ्ज नगरपालिका–४, कपिलवस्तु
दरबन्दी : कारागार सुरक्षा गार्ड, रसुवा
कार्यरत : अस्थायी प्रहरी पोस्ट मैलुङ, रसुवा
२०, नाम : मिलन श्रेष्ठ
दर्जा : प्रहरी जवान
ठेगाना : लुम्बिनी प्रदेश, रुकुम (पूर्वी भाग), भूमे गाउँपालिका–३
दरबन्दी : इलाका प्रहरी कार्यालय कालिकास्थान, रसुवा
कार्यरत : प्रहरी चौकी रसुवागढी, रसुवा
२१, नाम : अनिल थारु
दर्जा : प्रहरी जवान
ठेगाना : लुम्बिनी प्रदेश, बर्दिया, बढैयाताल गाउँपालिका–४
दरबन्दी : सशस्त्र प्रहरी सेनामुख, रसुवा
कार्यरत : प्रहरी चौकी रसुवागढी, रसुवा
२२, नाम : सन्दीप भर
दर्जा : प्रहरी जवान
ठेगाना : लुम्बिनी प्रदेश, रुपन्देही, रोहिणी गाउँपालिका–२
दरबन्दी : जिल्ला प्रहरी कार्यालय, रसुवा, तालिम शाखा
कार्यरत : प्रहरी चौकी रसुवागढी, रसुवा
२३, नाम : ओमबहादुर सिजाली थापामगर
दर्जा : प्रहरी जवान
ठेगाना : कर्णाली प्रदेश, सुर्खेत, बराहताल गाउँपालिका–५
दरबन्दी : प्रहरी चौकी सरमथली पाँच्र्याङ, रसुवा
कार्यरत : प्रहरी चौकी रसुवागढी, रसुवा
२४, नाम : राजेन्द्र महतरा
दर्जा : प्रहरी जवान
ठेगाना : झिमरुक गाउँपालिका–२, प्युठान
दरबन्दी : इलाका प्रहरी कार्यालय कालिकास्थान, रसुवा
कार्यरत : प्रहरी चौकी रसुवागढी, रसुवा
२५, नाम : सुशील तामाङ
दर्जा : प्रहरी जवान
ठेगाना : बागमती प्रदेश, नुवाकोट, म्यागङ गाउँपालिका–२
दरबन्दी : जिल्ला प्रहरी कार्यालय, रसुवा, अपराध नियन्त्रण तथा अनुसन्धान शाखा
कार्यरत : प्रहरी चौकी हाकु, रसुवा



















