
काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृतको शव फेला परेको छ ।
भन्सार अधिकृत नकुल शर्मा शर्माको शव गोरखामा भेटिएको हो । गोरखा प्रहरीका डीएसपी राजकुमार श्रेष्ठका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढीपछि शर्मा सम्पर्कविहीन बनेका थिए ।
गोरखातर्फ त्रिशूली नदीको किनारमा मंगलबार शव फेला परेको प्रहरीले जनाएको छ । भन्सार अधिकृत शर्मा हुम्ला ताजाकोट गाउँपालिका–२ का बासिन्दा हुन् । पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइएको छ ।

























