
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद् सचिवालयका अनुसार बैठकमा सभामुख डीपी अर्यालले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको अपूरणीय जनधनको क्षतिका विषयमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा सदनमा प्रतिनिधित्व गर्ने छ दलका प्रतिनिधिले आफ्नो धारणा राख्ने कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
यसअघि भदौ १० गते सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थि यो। भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिमा सरकारका साथै सभाका सदस्यसमेत खोज, उद्धार, राहत तथा पुनःस्थापनामा संलग्न हुनुपर्ने जनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

























