भोटेकोशी बाढीपछि कोशी प्रदेशका १६० जनाको अवस्था अज्ञात

Share this
644shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार १९:११

विराटनगर । भोटेकोशी बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १ सय ६० जना सम्पर्कविहीन भएका छन् । बाढी प्रभावित क्षेत्रमा पुगेका बेला भदौ १० गतेदेखि सम्पर्कविहीन भएकाहरूको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरीका अनुसार सबैभन्दा बढी सोलुखुम्बुका ४२ जना सम्पर्कविहीन छन् । सोलुखुम्बुका तीन जना भने परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन् ।

Advertisement

ओखलढुंगाका २६ जना सम्पर्कविहीन छन् । त्यहाँ तीन जनाको उद्धार गरिएको छ भने १० जना परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन् ।

मोरङका १८ जना र सुनसरीका १६ जना सम्पर्कविहीन भएका छन् । सुनसरीका पाँच जना भने सम्पर्कमा आइसकेका छन् । उदयपुरका १६ जना सम्पर्कविहीन छन् भने पाँच जना सम्पर्कमा आएका छन् ।

झापाका १३ जना सम्पर्कविहीन भएका छन् भने एक जनाको उद्धार गरिएको छ । खोटाङका १० जना सम्पर्कविहीन छन् भने एक जना सम्पर्कमा आएका छन् ।

इलामका नौ जना सम्पर्कविहीन भएका छन् । एक जनाको उद्धार गरिएको, एक जना उपचाररत रहेको र एक जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

संखुवासभा र भोजपुरका तीन–तीन जना तथा ताप्लेजुङ र धनकुटाका दुई–दुई जना सम्पर्कविहीन भएका छन् । ताप्लेजुङका तीन जना भने सम्पर्कमा आइसकेका छन् । पाँचथरका एक जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार विभिन्न जिल्लाबाट काम तथा भ्रमणको सिलसिलामा भोटेकोशी क्षेत्र पुगेकामध्ये बाढीपछि १ सय ६० जना सम्पर्कविहीन भएका हुन् । बाढी प्रभावितमध्ये पाँच जनाको उद्धार गरिएको छ भने २७ जना परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन् ।

कोशी प्रदेशका एक जना उपचाररत रहेको र एक जना मृत फेला परेको जानकारी पनि एसएसपी थापाले दिएका छन् । बाढीपछि विभिन्न जिल्लामा बेपत्ता तथा प्रभावितहरूको खोजी र उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
‘वैज्ञानिक प्रक्रिया पूरा गरी शव व्यवस्थापन’
इनिसा हत्या प्रकरण : तीन बालकलाई थुनामुक्त गर्न आदेश
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन नदिन विशेष निगरानी
मोरङ उद्योग व्यापार संघको ६९ औँ साधारण सभा: उत्कृष्ट उद्योगहरू सम्मानित
मोरङ उद्योग व्यापार संघको ६९ औँ साधारण सभा: उत्कृष्ट उद्योगहरू सम्मानित
भोटेकोशीका बाढीपीडितलाई तेक्वान्दो महासंघको १ लाख सहयोग
भोटेकोशीका बाढीपीडितलाई तेक्वान्दो महासंघको १ लाख सहयोग
भोटेकोशी बाढीपछि कोशी प्रदेशका १६० जनाको अवस्था अज्ञात
गोसाइँकुण्ड गएका इलामका दम्पती भोटेकोशी बाढीपछि सम्पर्कविहीन
गोसाइँकुण्ड गएका इलामका दम्पती भोटेकोशी बाढीपछि सम्पर्कविहीन
बाढीले ६ हजारभन्दा बढी निजी घर बगाएको सरकारी अनुमान
संखुवासभाका अलपत्र सडकमा कोशी प्रदेश सरकारको कडाइ, ‘अब म्याद थपिन्न’
गहुँको समर्थन मूल्य तोक्न सुनसरीदेखि कञ्चनपुरसम्म अध्ययन
गहुँको समर्थन मूल्य तोक्न सुनसरीदेखि कञ्चनपुरसम्म अध्ययन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×