नेपाल र क्यानाडाका परराष्ट्रमन्त्रीबीच बाढीपछिको अवस्थाबारे छलफल

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार २१:३५

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र क्यानाडाकी विदेशमन्त्री अनिता आनन्दबीच टेलिफोन वार्ता भएको छ। त्यसक्रममा नेपालमा गएको बाढीबाट भएको जनधन तथा भौतिक संरचनाको क्षतिबारे छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

मंगलबार भएको वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीबीच बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको अवस्था तथा खोज, उद्धार र राहतका प्रयासबारे छलफल भएको जनाइएको छ।

Advertisement

त्यस अवसरमा क्यानाडाकी विदेशमन्त्री आनन्दले विपदबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकको यस घडीमा नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गरेकी थिइन्।

परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा क्यानडा सरकारले नेपाललाई उपलब्ध गराएको ५० लाख क्यानेडियन डलर सहयोग तथा संयुक्त कोषमार्फत थप १० करोड क्यानेडियन डलर सहयोग गर्ने प्रतिबद्धताप्रति धन्यवाद व्यक्त गरेका थिए।

यस्तै, मन्त्री खनालले विपदबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि नेपाल सरकारले उपलब्ध सबै स्रोत साधन परिचालन गरिरहेको जानकारी पनि क्यानाडाकी समकक्षीलाई गराएका छन्।

नेपालमा हालै आएको बाढीबाट विभिन्न जिल्लामा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि सरकारले खोज, उद्धार, राहत तथा प्रभावित नागरिकको संरक्षणलाई प्राथमिकतामा राख्दै काम गरिरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×