मोरङको नेमुवामा आगलागी, दुईवटा पसलका सामान जलेर नष्ट

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार ०७:४०
फाइल फाेटाे

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–३ नेमुवामा बुधबार बिहान आगलागी हुँदा दुईवटा पसलका सामान जलेर नष्ट भएका छन् ।

स्थानीय निर्मल पौदारको दुई तले पक्की घरको माथिल्लो तलाबाट बिहान ३ बजेतिर आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायब निरीक्षक (सई) खड्ग राईको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

Advertisement

विराटनगर महानगरपालिका र दुहबी नगरपालिकाको दमकल तथा स्थानीयको सहयोगमा आगलागी बिहान ५ः१० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट पौदारको दुई तले पक्की घरमा आंशिक क्षति पुगेको छ ।

घरका दुईवटा सटरमा सञ्चालन हुँदै आएको हार्डवेयर पसलका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । पसलमा भएको क्षतिको यकिन विवरण भने प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही ठाउँमा सुनसरीको दुहबी नगरपालिका–५ का दशरथ हलुवाईको दुईवटा सटर भाडामा लिएर दुहबी–६ का पिन्टु साहले सञ्चालन गर्दै आएको किराना पसलका सम्पूर्ण सामानसमेत जलेर नष्ट भएका छन् । उक्त पसलमा भएको क्षतिको विवरण पनि खुल्न बाँकी छ ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाइएको जनाउँदै प्रहरीले क्षतिको विवरण संकलनको काम पनि भइरहेको जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी : भान्सामै व्यस्त थिए महिला, एक्कासि बाढी आउँदा घरसँगै बेपत्ता
प्रधानमन्त्री राहत कोषमा झण्डै ८ अर्ब, बाढीपीडितका लागि १ अर्ब निकासा
प्रधानमन्त्रीले भने, ‘भोटेकोशीको सुरुङमा थुनिएकाको उद्धार मौसममा निर्भर, तत्काल प्रवेश गर्न सक्ने अवस्था छैन’
भोटेकोशी बाढीबारे तत्काल वैज्ञानिक अध्ययन गर्न विज्ञको सुझाव
भोटेकोशी बाढीको त्रासदी संसदमा सुनाउँदै प्रधानमन्त्री, ‘यो पीडा सिंगो देशको हो’
बाढीपीडितलाई थप साढे ६ करोड
सडक भासिएपछि नागढुंगा सुरुङमार्ग खुला
काँकडभिट्टा नाकामा तस्करमाथि ‘गोप्रो’को नजर, सशस्त्रले बढायो प्रविधिमार्फत निगरानी
मोरङ कारागारको ‘ए ब्लक’का कैदीबन्दीद्वारा बाढीपीडितलाई आर्थिक सहयोग
अपहरणपछि भारत पुर्याएर बालकको हत्या
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×