
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार १२७ शव फेला परेका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको आज -बुधबार) बिहान ८ बजेसम्मको विवरणअनुसार फेला परेका शवमध्ये ३१ बालक, ४५ बालिका, २२७ महिला र ३९७ पुरुष छन् । यस्तै, ४२७ वटा मानव शरीरका आंशिक अंगसमेत फेला परेका छन् ।
फेला परेका शवमध्ये १ हजार ११३ वटाको लास जाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ शव परिवारलाई हस्तान्तरण गरिएको छ । ९११ शवको पहिचान अझै खुल्न सकेको छैन ।
प्रहरीका अनुसार बाढीमा परेर ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् । थप १ हजार ३५० जनाको खोजीका लागि फोनमार्फत बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।

























