सडक भासिएपछि नागढुंगा सुरुङमार्ग खुला

Share this
655shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार १३:०१

काठमाडौं । नागढुंगा पातले वन क्षेत्रमा सडक भासिएपछि प्रभावित भएको काठमाडौं–मुग्लिन सडकखण्डमा सवारी आवागमन सहज बनाउन सुरुङमार्ग खुला गरिएको छ ।

काठमाडौं हुँदै मुग्लिनतर्फ जाने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पांग्रे सवारी साधनबाहेक अन्य सवारीलाई नागढुंगा सुरुङमार्गबाट सञ्चालन गर्न अनुमति दिइएको हो । सडक भासिएको स्थानमा भने पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकललाई एकतर्फी रूपमा आवतजावतको व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ ।

Advertisement

यसबाट सडक अवरुद्ध हुँदा सिर्जना भएको सवारी चाप केही सहज हुने अपेक्षा गरिएको छ । विभागका अनुसार भासिएको सडकको तत्काल मर्मत सुरु गरिने छैन । पहिले प्राविधिक टोलीबाट स्थलगत अध्ययन गरी सडक भासिनुको कारण र क्षतिको अवस्था मूल्यांकन गरिनेछ ।

प्राविधिक अध्ययनपछि आवश्यक मर्मत तथा पुनर्निर्माणको काम अघि बढाइने विभागले जनाएको छ । सडक पूर्ण रूपमा सुरक्षित बनेपछि मात्रै सबै सवारीका लागि नियमित आवागमन खुला गर्ने तयारी छ ।

तपाइको प्रतिक्रिया
रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति’
प्रधानमन्त्री बालेन रसुवा घटनापछि पहिलो पटक सदनमा सम्बोधन गर्दै ( सम्बोधनको पूर्ण पाठ)
भोटेकोशी बाढी : भान्सामै व्यस्त थिए महिला, एक्कासि बाढी आउँदा घरसँगै बेपत्ता
प्रधानमन्त्री राहत कोषमा झण्डै ८ अर्ब, बाढीपीडितका लागि १ अर्ब निकासा
प्रधानमन्त्रीले भने, ‘भोटेकोशीको सुरुङमा थुनिएकाको उद्धार मौसममा निर्भर, तत्काल प्रवेश गर्न सक्ने अवस्था छैन’
भोटेकोशी बाढीबारे तत्काल वैज्ञानिक अध्ययन गर्न विज्ञको सुझाव
भोटेकोशी बाढीको त्रासदी संसदमा सुनाउँदै प्रधानमन्त्री, ‘यो पीडा सिंगो देशको हो’
बाढीपीडितलाई थप साढे ६ करोड
सडक भासिएपछि नागढुंगा सुरुङमार्ग खुला
काँकडभिट्टा नाकामा तस्करमाथि ‘गोप्रो’को नजर, सशस्त्रले बढायो प्रविधिमार्फत निगरानी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×