भोटेकोशी बाढीको त्रासदी संसदमा सुनाउँदै प्रधानमन्त्री, ‘यो पीडा सिंगो देशको हो’

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार १३:३३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिले सिंगो देशलाई स्तब्ध बनाएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बाढीबाट भएको क्षति र सरकारले गरिरहेको उद्धार तथा व्यवस्थापनका बारेमा जानकारी दिँदै प्रधानमन्त्री शाहले आफू विशेष जिम्मेवारीका साथ संसद्को रोष्ट्रममा उभिएको बताए । प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको बाढीले केही क्षणमै धेरै परिवारका सदस्य गुमेको र ठूलो मानवीय क्षति भएको उल्लेख गरे ।

Advertisement

उनले यो घटना कुनै एउटा जिल्ला वा क्षेत्रको मात्र नभई सम्पूर्ण नेपालीले महसुस गरेको पीडा भएको बताए । भदौ १० गते बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँशी र बेत्रावतीसँगै नुवाकोटको त्रिशूली बजार, देवीघाट तथा धादिङ, चितवन र गोरखाका त्रिशूली नदी आसपासका क्षेत्र प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जना छन् ।

बाढीमा परी ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ । घटनामा २९२ जना घाइते भएका छन् भने प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।

संसदमा जानकारी दिँदै प्रधानमन्त्री शाहले विपद्को यो कठिन अवस्थामा उद्धार, खोजी तथा प्रभावित नागरिकको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले भोटेकोशी बाढीबाट भएको क्षतिले परिवारका सदस्य गुमाएका तथा सम्पर्कविहीन आफ्ना आफन्तको खोजीमा रहेका परिवारप्रति दुःख व्यक्त गर्दै विपद्बाट प्रभावित सबैलाई राज्यको साथ रहने प्रतिबद्धता जनाएका छन् ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी संकट : एमालेले सरकारलाई दियो ८ बुँदे सुझाव
रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति’
प्रधानमन्त्री बालेन रसुवा घटनापछि पहिलो पटक सदनमा सम्बोधन गर्दै ( सम्बोधनको पूर्ण पाठ)
भोटेकोशी बाढी : भान्सामै व्यस्त थिए महिला, एक्कासि बाढी आउँदा घरसँगै बेपत्ता
प्रधानमन्त्री राहत कोषमा झण्डै ८ अर्ब, बाढीपीडितका लागि १ अर्ब निकासा
प्रधानमन्त्रीले भने, ‘भोटेकोशीको सुरुङमा थुनिएकाको उद्धार मौसममा निर्भर, तत्काल प्रवेश गर्न सक्ने अवस्था छैन’
भोटेकोशी बाढीबारे तत्काल वैज्ञानिक अध्ययन गर्न विज्ञको सुझाव
भोटेकोशी बाढीको त्रासदी संसदमा सुनाउँदै प्रधानमन्त्री, ‘यो पीडा सिंगो देशको हो’
बाढीपीडितलाई थप साढे ६ करोड
सडक भासिएपछि नागढुंगा सुरुङमार्ग खुला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×