भोटेकोशी बाढी : भान्सामै व्यस्त थिए महिला, एक्कासि बाढी आउँदा घरसँगै बेपत्ता

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार १४:१७

काठमाडौं । गत भदौ १० गते बुधबार बिहान । घरमा छोराछोरीलाई स्कुल पठाउने चटारो थियो । कोही खाना पकाउँदै थिए, कोही घरायसी काममा व्यस्त ।

त्यही बेला भोटेकोशीमा एक्कासि बाढी उर्लियो । के भइरहेको छ भन्ने थाहा पाउन नपाउँदै कतिपय महिला घरभित्रैबाट बेपत्ता भए । बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर फर्किएकी महिला पुनर्स्थापना केन्द्र (ओरेक)की कार्यक्रम संयोजक सुलोचना खनालका अनुसार कतिपय महिलाले फोन गर्न वा फोन उठाउनसमेत पाएनन् ।

Advertisement

‘भान्सामा खाना पकाउनै व्यस्त थिए । भोटेकोशी बाढी उर्लिएर आएको मेसै पाएनछन् । अन्ततः उनीहरू घरभित्रैबाट बिलाए,’ खनालले भनिन्, ‘कतिले त फोन उठाउन पनि पाएनन् ।’ मंगलबार बाढी प्रभावित नुवाकोट, त्रिशूली र बेत्रावतीलगायतका क्षेत्रमा पुगेका महिला अधिकार क्षेत्रमा काम गर्ने संस्थाहरूले होल्डिङ सेन्टरमा रहेका महिला तथा किशोर–किशोरीलाई आवश्यक आन्तरिक सामग्री वितरण गरेका छन् ।

ओरेकसँगै तरङ्गिनी फाउन्डेसन, लुम नेपाललगायतका संस्थाहरू पनि प्रभावित क्षेत्रमा पुगेका छन् । खनालका अनुसार बाढीपछि महिला, बालबालिका र सुत्केरीको अवस्था थप जटिल बनेको छ ।

संयुक्त राष्ट्रसंघीय निकाय यूएन वुमेनले सार्वजनिक गरेको विवरणअनुसार भोटेकोशी बाढीबाट करिब १ लाख ६० हजार महिला तथा बालबालिका प्रभावित भएका छन् ।

यसैबीच, नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका ३४ ज्येष्ठ नागरिकमध्ये २४ जनाको उद्धार गरिएको छ । प्राप्त विवरणअनुसार पाँच जना अझै बेपत्ता छन् भने एक जनाको मृत्यु भएको छ । घाइते तथा स्वास्थ्य समस्या भएका ज्येष्ठ नागरिकको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उद्धार गरिएका मध्ये सात जनालाई आफन्तको जिम्मा लगाइएको छ भने १४ जनालाई नुवाकोटस्थित आयुर्वेद भवनमा राखिएको छ ।

नुवाकोटमा अलपत्र परेका करिब ४० विद्यार्थीको उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । अभिभावकबाट अलग भएका बालबालिकाको सुरक्षित संरक्षण, हेरचाह र व्यवस्थापनको काम भइरहेको महिला मन्त्री सीता बादीले बताएकी छन् ।

तपाइको प्रतिक्रिया
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन
भोटेकोशी बाढी संकट : एमालेले सरकारलाई दियो ८ बुँदे सुझाव
रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति’
विनाशकारी बाढीपछि पहिलोपटक संसदमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
भोटेकोशी बाढी : भान्सामै व्यस्त थिए महिला, एक्कासि बाढी आउँदा घरसँगै बेपत्ता
प्रधानमन्त्री राहत कोषमा झण्डै ८ अर्ब, बाढीपीडितका लागि १ अर्ब निकासा
प्रधानमन्त्रीले भने, ‘भोटेकोशीको सुरुङमा थुनिएकाको उद्धार मौसममा निर्भर, तत्काल प्रवेश गर्न सक्ने अवस्था छैन’
भोटेकोशी बाढीबारे तत्काल वैज्ञानिक अध्ययन गर्न विज्ञको सुझाव
भोटेकोशी बाढीको त्रासदी संसदमा सुनाउँदै प्रधानमन्त्री, ‘यो पीडा सिंगो देशको हो’
बाढीपीडितलाई थप साढे ६ करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×