बाढीपीडितका लागि हिसान सुनसरीले ५६ लाखभन्दा बढी सहयोग गर्ने

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार ०९:४०

सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले बाढी तथा डुबानपीडितका लागि ५६ लाख २८ हजार ६ सय ५२ रुपैयाँ सहयोग गर्ने भएको छ ।

हिसान सुनसरीले मातहतका शिक्षालयबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जानकारी दिएको हो । हिसानका अनुसार इटहरी, धरान तथा रामधुनी–इनरुवा क्लस्टरमा रहेका शिक्षालयबाट उक्त रकम संकलन भएको हो । इटहरी क्लस्टरबाट ५२ लाख ९३ हजार ६ सय ४२ रुपैयाँ, धरानबाट १ लाख ६० हजार १० रुपैयाँ र रामधुनी–इनरुवाबाट १ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ ।

Advertisement

इटहरी क्लस्टरमा विश्व आदर्श एकेडेमीले सबैभन्दा बढी १२ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ। सुष्मा सेकेन्डरी स्कुल एन्ड कलेजले ११ लाख २९ हजार ७ सय ५५, ग्रीन पिस/इटहरी नमुना कलेजले ८ लाख ५५ हजार ५ सय ५५ र कस्तुरी कलेजले ८ लाख १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।

यस्तै, कोशी सेन्ट जेम्स कलेजले ५ लाख ५० हजार, प्रिमियर कलेजले ३ लाख, लर्ड बुद्ध इन्टरनेसनल स्कुलले १ लाख ५५ हजार, पूर्वाञ्चल सेकेन्डरी स्कुलले १ लाख १५ हजार र सीबी रेस सेकेन्डरी स्कुलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

धरान क्लस्टरमा धरान सेकेन्डरी स्कुलले ७५ हजार रुपैयाँ सहयोग गरेको छ। सुनाखरी एकेडेमीले २० हजार १०, धरान आदर्श सेकेन्डरी स्कुलले २० हजार, सियोन इन्टरनेसनल स्कुलले २० हजार, विष्णु मेमोरियल स्कुलले १५ हजार र युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुलले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।

रामधुनी–इनरुवा क्लस्टरमा लर्ड बुद्ध इन्टरनेसनल स्कुलले १ लाख ५५ हजार र आरम्भ विद्या मन्दिरले २० हजार रुपैयाँ सहयोग गरेका छन् । हिसान सुनसरीले बाढी तथा डुबानबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले शिक्षालय, शिक्षक तथा विद्यार्थीबाट रकम संकलन गरेको जनाएको छ । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनामा प्रयोग गरिने हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले जानकारी दिए।

तपाइको प्रतिक्रिया
 बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्वारा २५ लाख५ हजार सहयोग
बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्वारा २५ लाख ५ हजार सहयोग
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
‘बाढीपछि मानसिक स्वास्थ्यमा गम्भीर जोखिम, मनोसामाजिक सहयोग आवश्यक’
बाढीपीडितका लागि जीवन विकास लघुवित्तको २५ लाख ५ हजार सहयोग
देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका ल्याउने तयारी गरेपछि कांग्रेस अनुशासन समिति बैठक बस्दै
बाढीपछि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो
सामान्य बढ्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
विराटनगरमा खैरो हेरोइनसहित एक जना पक्राउ
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
मोरङमा विभिन्न मुद्दाका १५ फरार प्रतिवादी पक्राउ
रास्वपा बैठक : बाढी र राजनीतिक परिस्थितिबारे छलफल हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×