तीन दिन अधिकांश प्रदेशमा भारी वर्षाको सम्भावना

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १०:१७

काठमाडौं । आगामी तीन दिन देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले भारी वर्षा हुने स्थानमा सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार भदौ आज (बिहीबार) दिउँसो बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

Advertisement

बिहीबार राति कोशी र बागमती प्रदेशका हिमाली तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

भदौ १९ गते दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका साथै सुदूरपश्चिमका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, भदौ २० गते कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागले भारी वर्षाको सम्भावना रहेका जिल्लालाई मौसमसम्बन्धी नक्सामा सुन्तला रङले संकेत गरेको छ।

तपाइको प्रतिक्रिया
बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने निर्णय
 बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्वारा २५ लाख५ हजार सहयोग
बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्वारा २५ लाख ५ हजार सहयोग
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
‘बाढीपछि मानसिक स्वास्थ्यमा गम्भीर जोखिम, मनोसामाजिक सहयोग आवश्यक’
बाढीपीडितका लागि जीवन विकास लघुवित्तको २५ लाख ५ हजार सहयोग
देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका ल्याउने तयारी गरेपछि कांग्रेस अनुशासन समिति बैठक बस्दै
बाढीपछि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो
सामान्य बढ्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
विराटनगरमा खैरो हेरोइनसहित एक जना पक्राउ
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
मोरङमा विभिन्न मुद्दाका १५ फरार प्रतिवादी पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×