शव पहिचान गर्न डीएनए परीक्षण सुरु

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १०:२२

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तथा फेला परेका बेवारिसे शव र मानव अंगको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ ।

भदौ १० गतेको भीषण बाढीपछि नदी किनार तथा तटीय क्षेत्रमा फेला परेका शव र मानव अंग पहिचान गर्न प्रहरीले मृतकका रगतका नातेदारबाट डीएनए नमुना संकलन गर्न थालेको हो ।

Advertisement

नेपाल प्रहरीले स्वदेश तथा विदेशमा रहेका बेपत्ता नागरिकका बाबु, आमा, छोरा वा छोरीमध्ये नजिकका एक जना रगतका नातेदारलाई डीएनए परीक्षणका लागि नमुना उपलब्ध गराउन आग्रह गरेको छ ।

प्रहरीका अनुसार नेपालमा रहेका आफन्तले दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमुना दिनुपर्नेछ ।

विदेशमा रहेका विदेशी तथा गैरआवासीय नेपालीका आफन्तले सम्बन्धित देशको आधिकारिक फोरेन्सिक प्रयोगशालाबाट ‘अटोसोमल एसटीआर डीएनए प्रोफाइलिङ’ गराउनुपर्नेछ । उक्त प्रोफाइलको डिजिटल प्रति नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन प्रहरीले आग्रह गरेको छ ।

इमेलमार्फत विवरण पठाउँदा सम्बन्धित व्यक्तिको पूरा नाम र राष्ट्रियता, राहदानी वा आधिकारिक परिचयपत्रको विवरण, हराएको मिति र सम्भावित स्थान तथा मान्यताप्राप्त प्रयोगशालाको डीएनए प्रोफाइलिङ रिपोर्ट समावेश गर्नुपर्नेछ। साथै डीएनए नमुना दिने व्यक्ति र बेपत्ता व्यक्तिबीचको पारिवारिक नाता पनि खुलाउनुपर्नेछ ।

तपाइको प्रतिक्रिया
सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, कागजात जले
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने– ‘हिमालयन सुनामी’
भारतबाट राहत सामग्री र सुरुङ उद्धार टोली नेपाल आइपुग्यो
बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने निर्णय
फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
‘बाढीपछि मानसिक स्वास्थ्यमा गम्भीर जोखिम, मनोसामाजिक सहयोग आवश्यक’
बाढीपीडितका लागि जीवन विकास लघुवित्तको २५ लाख ५ हजार सहयोग
देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका ल्याउने तयारी गरेपछि कांग्रेस अनुशासन समिति बैठक बस्दै
बाढीपछि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×