रास्वपा बैठक : बाढी र राजनीतिक परिस्थितिबारे छलफल हुने

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १०:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठकका लागि नेताहरू वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’मा भेला हुन थालेका छन् ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा रसुवाको भोटेकोशी बाढीपछि उत्पन्न परिस्थिति, मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको आन्तरिक संगठन सुदृढीकरण तथा आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।

Advertisement

भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा सरकारको भूमिकाबारे बहस भइरहेका बेला रास्वपाले पनि विपद्को अवस्थालाई बैठकको प्रमुख एजेन्डा बनाएको हो ।

बैठकमा पार्टीको संगठन विस्तार तथा आन्तरिक गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने प्रवक्ता खरेलले बताए ।

तपाइको प्रतिक्रिया
सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, कागजात जले
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने– ‘हिमालयन सुनामी’
भारतबाट राहत सामग्री र सुरुङ उद्धार टोली नेपाल आइपुग्यो
बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने निर्णय
फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
‘बाढीपछि मानसिक स्वास्थ्यमा गम्भीर जोखिम, मनोसामाजिक सहयोग आवश्यक’
बाढीपीडितका लागि जीवन विकास लघुवित्तको २५ लाख ५ हजार सहयोग
देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका ल्याउने तयारी गरेपछि कांग्रेस अनुशासन समिति बैठक बस्दै
बाढीपछि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×