बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने निर्णय

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १२:२६

काठमाडौं । रसुवाको भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले तत्काल १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। प्रहरी कर्मचारीबाट राहतस्वरूप संकलन गरिएको रकमबाट मृतक प्रहरीका परिवारलाई उक्त सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ।

Advertisement

बैठकले बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, बाढीपछि हालसम्म फेला पर्न नसकेका प्रहरी कर्मचारीको खोजीलाई थप प्रभावकारी बनाउन परिवारसँग समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय गरिएको छ।

बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णय पनि गरिएको छ। उनीहरूको परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गरी रोजगारीका लागि पहल गर्ने तथा सन्ततिलाई प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा, काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय भएको छ।

त्यस्तै, बाढी प्रभावित प्रहरी एकाइमा कार्यरत प्रहरी कर्मचारीको व्यक्तिगत सामग्रीमा भएको क्षतिका लागि जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराइने भएको छ। दिवंगत, सम्पर्कविहीन तथा घाइते प्रहरी कर्मचारी र उनीहरूका परिवारलाई खोजतलास, उपचार तथा सेवा सुविधा प्राप्तिमा सहजीकरण गर्न मानवस्रोत विकास विभागले एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोक्ने निर्णयसमेत गरेको छ।

तपाइको प्रतिक्रिया
प्रधानसेनापति सिग्देलद्वारा विपद् प्रभावित क्षेत्रमा स्थलगत अनुगमन
   एसीसी प्रिमियर कप: मलेसियालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित
एसीसी प्रिमियर कप: मलेसियालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित
मन्त्रिपरिषद् बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, कागजात जले
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने– ‘हिमालयन सुनामी’
भारतबाट राहत सामग्री र सुरुङ उद्धार टोली नेपाल आइपुग्यो
बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने निर्णय
फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
‘बाढीपछि मानसिक स्वास्थ्यमा गम्भीर जोखिम, मनोसामाजिक सहयोग आवश्यक’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×