मन्त्रिपरिषद् बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १३:३१

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बिहीबार बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (बिहीबार) दिउँसो ३ बजे बस्ने बैठकमा रसुवाको रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसबाट भएको क्षतिबारे छलफल हुने भएको छ ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकमा बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोज तथा उद्धार, राहत तथा पुनःस्थापनालगायत विषयमा छलफल हुने छ ।

Advertisement

गत भदौ १० गते रसुवागढी क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले केही मिनेटमै ठूलो परिमाणमा पानी, माटो तथा गेग्रान बगाउँदा नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको थियो । बाढी त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म पुगेको थियो ।

फ्ल्यास फ्लडका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा जनजीवन तथा भौतिक पूर्वाधार प्रभावित भएका छन् । बाढीबाट सडक, पुल, विद्युत् तथा अन्य संरचनामा क्षति पुग्नुका साथै केही व्यक्ति बेपत्ता भएका छन् ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशीमा आएको बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिएका थिए। सरकारले बाढीको कारण र विकासक्रमबारे प्राविधिक अध्ययनसमेत अघि बढाएको छ ।

आजको मन्त्रिपरिषद् बैठकमा विपद्पछिको तत्कालीन व्यवस्थापनसँगै प्रभावित क्षेत्रका लागि आवश्यक थप निर्णय हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी पीडितका लागि डा. मिनेन्द्र रिजालको १ लाख सहयोग
उद्धार, राहत र पुनःस्थापना प्रभावकारी बनाउन सरकारलाई मानव अधिकार आयोगको आग्रह
बाढीपीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानले दियो १ करोड ९ लाख
प्रधानसेनापति सिग्देलद्वारा विपद् प्रभावित क्षेत्रमा स्थलगत अनुगमन
   एसीसी प्रिमियर कप: मलेसियालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित
एसीसी प्रिमियर कप: मलेसियालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित
मन्त्रिपरिषद् बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, कागजात जले
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने– ‘हिमालयन सुनामी’
भारतबाट राहत सामग्री र सुरुङ उद्धार टोली नेपाल आइपुग्यो
बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने निर्णय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×