सुरुङभित्रबाट आयो आवाज, उद्धारको आशा बलियो

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार ०७:४०
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

रसुवा । रसुवामा रहेको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकहरूको उद्धारमा सकारात्मक संकेत देखिएको छ । उद्धारमा खटिएको टोलीले सुरुङभित्रबाट मानिसको आवाज सुनेपछि फसेकाहरू जीवितै रहेको आशा बलियो भएको हो ।

सुरुङभित्रको अवस्थाका बारेमा जानकारी लिन उद्धार टोलीले बाहिरबाट आवाज दिँदा भित्रबाट प्रतिक्रिया आएको सुरक्षाकर्मी तथा प्राविधिक टोलीले जनाएको छ । उद्धारकर्मीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै आवाज दिएपछि सुरुङभित्रबाट ‘हुन्छ’ भन्ने जवाफ आएको बताइएको छ ।

Advertisement

उद्धार टोलीका अनुसार सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको छ । मानवीय आवाज र प्रतिक्रिया प्राप्त भएपछि उद्धारमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी बल तथा प्राविधिक विज्ञहरूको टोली थप सक्रिय भएको छ ।

टोलीले सुरुङको अवरुद्ध भाग हटाउने, भित्रसम्म अक्सिजन पुर्‍याउने तथा फसेका श्रमिकसम्म सुरक्षित रूपमा पुग्ने प्रयास गरिरहेको छ । जोखिमपूर्ण अवस्थाका कारण उद्धार कार्यलाई सतर्कताका साथ अघि बढाइएको सुरक्षाकर्मीहरूले बताएका छन् ।

सुरुङभित्रबाट आएको प्रतिक्रियाले उद्धार टोली र आफन्तमा समेत आशा बढाएको छ । फसेका श्रमिकलाई सकुशल बाहिर निकाल्न उद्धार कार्यलाई तीव्र पारिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×