विपत्तिमा धैर्य नगुमाई कर्तव्यप्रति निष्ठावान् हुन प्रधानमन्त्री शाहको आग्रह

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार ०९:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विपत्ति र चुनौतीका समयमा धैर्य नगुमाई आफ्नो कर्तव्यप्रति पूर्ण निष्ठाका साथ अघि बढ्न आग्रह गरेका छन् ।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीले मानिसको धैर्य तथा कर्मको परीक्षा लिने बताएका छन् । कठिन परिस्थितिमा आफ्नो जिम्मेवारी इमानदारी र पूर्ण निष्ठाका साथ पूरा गर्नु नै भगवान् श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग भएको उनको भनाइ छ ।

Advertisement

‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन् । यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो,’ सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री शाहले जन्माष्टमीको अवसरमा सबैलाई कर्तव्यपथमा दृढतापूर्वक टिकिरहने धैर्य, शक्ति र प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन् । उनले देशवासी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको शुभकामनासमेत व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
बाढीपछि सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड
माथिल्लो त्रिशूली-१ आयोजनास्थलमा ६ वटा शव फेला
बाढीले पुल बगाएपछि तादी खोलामा एक्रो ब्रिज जडान हुँदै
२ करोड ४० लाख रुपैयाँको ‘एयरपड्स’ बरामद
शिक्षण अस्पतालमा १९३ शव, २४ को मात्रै पहिचान
शव पहिचान गर्न बाढी प्रभावित क्षेत्रमै डीएनए नमुना संकलन केन्द्र
सुरुङभित्र थुनिएको एउटा काल्पनिक मानिसको मनोवाद
उद्धार सकिएको छैन, पुनःस्थापनाको चुनौती झन् ठूलो
विराटनगरको रथयात्रामा चोरीदेखि दुर्घटनासम्मको जोखिम, प्रहरीले गर्‍यो यस्तो आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×