भोटेकोशी-त्रिशूली बाढीको प्रारम्भिक क्षति ३ खर्ब ८७ अर्ब

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १०:०३

काठमाडौं । भोटेकोशी तथा त्रिशूली बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भवन, सडक, कृषि, पशुपन्छी, बैंक तथा दूरसञ्चारलगायत क्षेत्रमा गरिएको प्रारम्भिक मूल्याङ्कनबाट उक्त क्षति देखिएको जानकारी दिए । उनका अनुसार बाढीपछिको आगामी चार महिनाको प्रारम्भिक पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

Advertisement

भवन तथा बस्ती पुनःस्थापना, पुल, स्वास्थ्य तथा पोषण, शिक्षा, कृषि तथा पशुपन्छी, ऊर्जा र दूरसञ्चारलगायत क्षेत्रमा उक्त रकम खर्च हुने प्रारम्भिक आकलन छ । प्राधिकरणका अनुसार चीन सीमा क्षेत्रबाट ११३ जना नेपाली र एक जना चिनियाँ नागरिक गरी ११४ जनाको सकुशल उद्धार गरिएको छ । त्यस्तै, अन्य स्थानमा सकुशल रहेका कम्तीमा २० जनाको समेत उद्धार गरिएको उप्रेतीले बताए ।

खोज तथा उद्धार कार्य जारी रहेको भन्दै उनले दैनिक १० देखि १२ वटा हेलिकप्टरमार्फत खोज, उद्धार तथा शव संकलन भइरहेको जानकारी दिए । टनेलमा फसेकाहरूको उद्धारका लागि पनि अपरेसन जारी रहेको उनले बताए ।

प्राधिकरणका अनुसार काठमाडौंमा रहेका विभिन्न २१ वटा तथा थपिएका शिविरमा खाद्य तथा राहत सामग्री ढुवानी भइरहेको छ । भौगोलिक कठिनाइका कारण कतिपय प्रभावित क्षेत्रमा राहत सामग्री पुग्न नसकेको गुनासो सम्बोधन गर्न काम भइरहेको प्राधिकरणले जनाएको छ । प्रारम्भिक क्षतिको विवरणलाई थप विस्तृत क्षति मूल्याङ्कन तथा विपद्पछिको आवश्यकता मूल्याङ्कनमार्फत थप स्पष्ट पारिने उप्रेतीले बताए ।

तपाइको प्रतिक्रिया
बाढीपछि सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड
माथिल्लो त्रिशूली-१ आयोजनास्थलमा ६ वटा शव फेला
बाढीले पुल बगाएपछि तादी खोलामा एक्रो ब्रिज जडान हुँदै
२ करोड ४० लाख रुपैयाँको ‘एयरपड्स’ बरामद
शिक्षण अस्पतालमा १९३ शव, २४ को मात्रै पहिचान
शव पहिचान गर्न बाढी प्रभावित क्षेत्रमै डीएनए नमुना संकलन केन्द्र
सुरुङभित्र थुनिएको एउटा काल्पनिक मानिसको मनोवाद
उद्धार सकिएको छैन, पुनःस्थापनाको चुनौती झन् ठूलो
विराटनगरको रथयात्रामा चोरीदेखि दुर्घटनासम्मको जोखिम, प्रहरीले गर्‍यो यस्तो आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×