चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

Share this
800shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १७:०३

काठमाडौं । चीनले नेपालसँग आपतकालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहतका लागि आवश्यक सहयोगस्वरूप यस्तो सूचना आदानप्रदान गरिने नेपालस्थित चिनियाँ दूतावासले जनाएको हो ।

दूतावासका अनुसार नदीमा बनेका अवरोध, हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमलगायत जलविज्ञानसम्बन्धी सूचनासमेत नेपाललाई उपलब्ध गराइनेछ ।

Advertisement

चिनियाँ मौसमसम्बन्धी निकायले केरुङ–रसुवा सीमामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वसूचना तथा त्यसको प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

विपद् घटेलगत्तै चिनियाँ प्रशासनले नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको थियो। साथै, नेपालको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन मौसमसम्बन्धी सूचना र सेवा सक्रिय रूपमा उपलब्ध गराउँदै आएको पनि चिनियाँ पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
ठूलो संख्यामा गृहका सहसचिव र उपसचिवहरूको सरुवा (सूचीसहित)
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना
बाढीमा बेपत्ता मोरङका मामा भान्जाको कुशको शव बनाएर अन्त्येष्टि
मोरङ कारागारभित्रको गुटबन्दी विस्फोट : १९ कैदीबन्दीलाई सातवटा कारागारमा स्थानान्तरण गरिँदै, को–को हुन् ‘बी ब्लक’ कब्जा गर्नेहरु ?
बाढीबाट ५३ झोलुंगे पुलमा क्षति, २० वटाको मर्मत सुरु
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
विराटनगरमा ट्रष्टको काम गर्ने क्रममा लडेर एक जनाको मृत्यु
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोट पुगे ओली
भोटेकोशी बाढीः थप १५५ नेपाली चीनबाट तातोपानी नाका हुँदै फर्किए
भदौ २२ र २३ गते राहदानी सेवा नियमित सञ्चालन हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×