भोटेकोशी बाढीः थप १५५ नेपाली चीनबाट तातोपानी नाका हुँदै फर्किए

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १७:०८

काठमाडौं । रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका थप १५५ जना नेपाली आज (शुक्रबार) तातोपानी नाका हुँदै नेपाल फर्किएका छन् । चिनियाँ पक्षले राहदानी नम्बरलगायत विवरणसहित उनीहरूलाई तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको सहयोगमा उनीहरू नेपाल फर्किएका हुन् ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा परेर चीनतर्फ सुरक्षित रहेका नेपालीलाई चिनियाँ पक्षले तातोपानी नाका हुँदै नेपाल पठाएको हो । अहिले तातोपानी भन्सार बन्द रहे पनि पर्यटकको आवतजावतका लागि नाका खुला रहेको छ । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार अस्थायी पास लिएर केरुङ पुगेका नेपालीलाई नेपाल फर्काइएको हो ।

Advertisement

यसअघि बिहीबार ११४ जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किएका थिए । भोटेकोशी बाढीपछि अस्थायी पास लिएर केरुङ पुगेका नेपाली त्यहाँ अलपत्र परेका थिए । नेपाली महावाणिज्यदूतका अनुसार केरुङमा करिब १ हजार ६०० नेपाली रहेको अनुमान छ। तीमध्ये नेपाल फर्किन ८०० जनाले नाम टिपाएका छन् ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा क्षेत्रमा रहेका नेपाली नागरिक प्रभावित भएका छन् । केही नागरिक अझै सम्पर्कविहीन छन् भने चीनतर्फ सुरक्षित रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया जारी रहेको छ ।

तपाइको प्रतिक्रिया
ठूलो संख्यामा गृहका सहसचिव र उपसचिवहरूको सरुवा (सूचीसहित)
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना
बाढीमा बेपत्ता मोरङका मामा भान्जाको कुशको शव बनाएर अन्त्येष्टि
मोरङ कारागारभित्रको गुटबन्दी विस्फोट : १९ कैदीबन्दीलाई सातवटा कारागारमा स्थानान्तरण गरिँदै, को–को हुन् ‘बी ब्लक’ कब्जा गर्नेहरु ?
बाढीबाट ५३ झोलुंगे पुलमा क्षति, २० वटाको मर्मत सुरु
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
विराटनगरमा ट्रष्टको काम गर्ने क्रममा लडेर एक जनाको मृत्यु
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोट पुगे ओली
भोटेकोशी बाढीः थप १५५ नेपाली चीनबाट तातोपानी नाका हुँदै फर्किए
भदौ २२ र २३ गते राहदानी सेवा नियमित सञ्चालन हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×