विराटनगरमा ट्रष्टको काम गर्ने क्रममा लडेर एक जनाको मृत्यु

Share this
636shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १७:२१

विराटनगर । विराटनगरमा ट्रष्टको काम गर्ने क्रममा लडेर शुक्रबार एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१२ दरैयाका अन्दाजी ३६ वर्षीय गौरव राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विराटनगर–३ वन कार्यालयको छेउमा बिजुकुमार थापाको घरमा ट्रष्टको काम गर्ने क्रममा बिहान १० बजेतिर राजवंशी एक तलामाथि खसेका थिए । गम्भीर घाइते अवस्थाका राजवंशीलाई उपचारका लागि विराटनगरको मोरङ सहकारी अस्पताल लगिएको थियो ।

Advertisement

उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
ठूलो संख्यामा गृहका सहसचिव र उपसचिवहरूको सरुवा (सूचीसहित)
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना
बाढीमा बेपत्ता मोरङका मामा भान्जाको कुशको शव बनाएर अन्त्येष्टि
मोरङ कारागारभित्रको गुटबन्दी विस्फोट : १९ कैदीबन्दीलाई सातवटा कारागारमा स्थानान्तरण गरिँदै, को–को हुन् ‘बी ब्लक’ कब्जा गर्नेहरु ?
बाढीबाट ५३ झोलुंगे पुलमा क्षति, २० वटाको मर्मत सुरु
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
विराटनगरमा ट्रष्टको काम गर्ने क्रममा लडेर एक जनाको मृत्यु
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोट पुगे ओली
भोटेकोशी बाढीः थप १५५ नेपाली चीनबाट तातोपानी नाका हुँदै फर्किए
भदौ २२ र २३ गते राहदानी सेवा नियमित सञ्चालन हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×